Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागमतीले थाल्यो ‘सिंदरबारको अधिकार घरघर पु¥याउने अभियान’

सरकारले स्थानीय निकायको पुनर्संरचनापछि गाउँगाउँमा सेवा बिस्तार अभियान स्वरुप मकवानपुरको बागमती गाउँपालिकामा कार्य शुभारम्भ गरिएको छ । बागमती गाउँपालिका तत्काल वडापालिका कार्यालय सञ्चालनमा ल्याई सेवा दिने तयारीमा जुटेको हो । सिंहदरबारको सेवा अब आँगनमै भन्ने अभियानलाई सार्थक तुल्याउन वडापालिका कार्यालय स्थापना बागमती गाउँपालिकाको प्राथमिकतामा छ । 

बागमती गाउँपालिकाको २४ चैत्रमा कार्यकारी अधिकृत भिम बहादुर परियारको अध्यक्षतामा आयोजित सर्बदलीय, सर्बपक्षीय छलफलका क्रममा वडा कार्यालय खोल्ने निर्णय गरेको हो । बैठकले गाउँपालिकाको नौ वटै वडा कार्यालयको केन्द्र पनि तोकेको छ । वडा नम्बर १ को माझगाउँ बजार, वडा नम्बर २ को हालको गाविस भवन, वडा नम्बर ३ कुटे भकारी, वडा नम्बर ४ को पाँच पाण्डव बजार, वडा नम्बर ५ को लिलावन÷थिङटोल, वडा नम्बर ६ को हालको वडा कार्यालय, वडा नम्बर ७ को पाथीभरा, वडा नम्बर ८ को मिलनचोक देखि चौताराबीच र वडा नम्बर ९ को हालको वडा कार्यालयमै राख्ने निर्णय भएको छ । 

अहिले बागमती गाउँपालिकाले ३ वटा संयुक्त वडा कार्यालय संचालन गरी नागरिकलाई सेवा प्रवाह गरिरहेको छ । बैठकले बाँकी छ वटा वडा कार्यालय स्थापनाको लागि प्राथमिकताक्रम पनि तोकेको कार्यकारी अधिकृत परियारले बताए । भेलाले पहिलो प्राथमिकतामा वडा नं ४ को कार्यालय खोल्ने निर्णय भएको छ । त्यसैगरी गाउँपलिका अन्तर्गत वडा नं ३ दोस्रो प्राथमिकतामा, वडा नं ८ तेस्रो प्राथमिकतामा, वडा नं ५ चौथो प्राथमिकतामा, वडा नं ७ पाँचौ प्राथमिकतामा र वडा नं १ छैटौँ प्राथमिकता रहेका छन् । 

‘जनशक्ति आउनासाथ हामी वडा कार्यालय बिस्तार गर्छाैं’, कार्यकारी अधिकृत परियारले भने–‘प्राथमिकताका आधारमा भौतिक र मानवीय जनशक्ति हुनेबित्तिकै कार्यालयहरु खोल्ने योजना छ ।’ वडा कार्यालय विस्तारका लागि आवश्यक जनशक्ति जिल्ला समन्वय समिति मार्फत माग गरिने कार्यकारी अधिकृत परियारले जानकारी दिए । यसअघि मनहरी गाउापालिकाले पनि वडा कार्यालय स्थापनाको प्राथमिकता निर्धारण गरिसकेको छ भने मकवानपुरका अरु ८ वटा स्थानीयतहले यस सम्बन्धी कार्य अघि बढाएका छैनन् ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०