nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बाख्राको माग अत्याधिक, बाख्रा विकास फार्म चित्लाङद्वारा माग धान्नै गाह्रो

IMG_5014Bakhra-1595085951.jpg

नेपालको पहिलो बाख्रा फार्मको रुपमा रहेको बाख्रा विकास फार्म चित्लाङले बाख्राको माग धान्न गाह्रो भएको छ । उत्पादनको तुलनामा माग अत्याधिक भएपछि माग धान्नै गाह्रो भएको फार्म चित्लाङका नायव पशु सेवा प्राविधिक तुल्सी राम बास्तोलाले बताए । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्मका बाख्रा फार्महरुले १० देखि ५० वटा सम्म माग गर्दा पनि १\२ वटा मात्र आपूर्ति गर्न सकेको उनको भनाई छ । वार्षिक २ सय वटा बिक्री गर्ने टर्गेट रहे पनि आर्थिक वर्ष २०७६/७७ मा २ सय ७९ वटा बाख्रा बिक्री गरिएको उनले बताए । 

बाख्रा विकास फार्ममा वार्षिक २०० वटा उत्पादन गर्ने लक्ष्य रहेको छ । फार्मबाट पाल्नका लागि मात्र बाख्रा बिक्री गर्ने गरिन्छ । अहिले फार्ममा करिब ४ सय वटा बाख्रा रहेको छ । फार्ममा बाख्रा पालेर उत्पादन भएको जैविक मल बिक्री गरेर गएको वर्षमात्र ५० हजारको आम्दानी भएको उनकाे भनाइ छ । फार्म मार्फत दैनिक १५ लिटर दुध उत्पादन हुने भएपनि लकडाउनको कारण दुध बिक्री बन्द भएको छ । गत वर्ष ४० हजार रुपैँयाको दुध बिक्री गरेको थियो ।

यस वर्ष बाख्राको संख्या घटाउने योजनामा रहेको समेत उनले बताए । हाल भएका बाख्राहरुमा उन्नत जातका बाख्रा मात्र राखिने गरी संख्या घटाउने र २ सय वटा भेडा र खरायो पालन गर्ने योजना रहेको उनले बताए । फार्म मार्फत देशभरका अधिकांश संस्थाहरुले तालिमहरु लिने गरेको छ । वि.सं.२००१ सालमा भेडा फार्मको नामबाट स्थापना भएको फार्म २०५८ साल देखि बाख्रा विकास फार्मको रुपमा स्थापित भएको हो ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।