Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बहुचर्चित शिक्षा बिधेयक पारित ! के छ बिधेयकमा ? (पूर्णपाठ सहित)

प्रतिनिधिसभाले बहुचर्चित चिकित्सा शिक्षा विधेयक पास गरेको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको असन्तुष्टिको बाबजुद विधेयक बहुमतले पास गरिएको हो  ।

के छ विधेयकमा ?

सत्तारुढ सांसदहरुको अनुसार यो विधेयकले डा. केसीका ९५ प्रतिशत माग पुरा गरेको छ । यस विधेयकले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाएको छ । आशयपत्र लिएर पूर्वाधार पुरा गरेका मेडिकल कलेजहरुलाई उपत्यका बाहिर सरकारले तोकेकोमा जान सरकारले प्रोत्साहन गर्नेछ । साथै एउटा विश्वविद्यालयले पाँच वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउनेछ ।

यो बुँदाहरु माथेमा कार्यदलको सिफारिस र डा. गोविन्द केसीसँग भएको सहमति पनि हो । सरकारले ५ वर्षभित्र मेडिकल विश्वविद्यालय खोल्ने र सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा एउटा सार्वजनिक मेडिकल कलेज खोल्ने उल्लेख छ ।

त्यसका साथै सहिद परिवार, द्धन्द्ध पीडित जनआन्दोलनका घाइते लगायतलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ । साथै १० वर्षभित्र मेडिकल कलेजलाई गैरनाफामुलक बनाउने उल्लेख छ ।

शिक्षा बिधेयकको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस् !



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०