nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बसबाट खसेका सहचालक गाेलेलाई हेटाैँडा अस्पतालले थप उपचारकाे लागि चितवन पठायाे

१ कार्तिक सोमबार दिउँसो मकवानपुरको मकवानपुरगढीमा गुडिरहेको बसबाट खसेर सहचालक गम्भीर घाइते भएका छन। 

कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी-२ मोहरेमा ठिंगन बाट हेटौडा बजार जाँदै गरेको ना ४ ख १०७४ नम्बरको बसबाट खसेर सहचालक मकवानपुरगढी-२ मोडभन्ज्याङ बस्ने  १९ बर्षीय बिर बहादुर गोले गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन। 

गोलेको उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागी चितवन स्थित पुरानो मेडिकल कलेज  पठाएको र   अबस्था गम्भिर रहेको बुझिएको छ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)