nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बढाइँसहित पालुङको दशैघरमा फुलपाती भित्र्याइयो [फोटो फिचर सहित]

फोटोहरुः गणेश विष्ट/विकासखबर

मकवानपुर थाहानगरको पालुङको ऐतिहासिक दशै घरमा फुलपाती भित्र्याइएको छ । 

मकवानपुरको आग्राबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित दशै घरमा फुलपाती भित्र्याइएको हो । स्थानीय सरकार गठन भइसकेपछि नेपाली सेनाको उपस्थितीमा जनप्रतिनीधिहरु सहितको सहभागितामा शुभ साइतमा सलामी दिई दशै घरमा फुलपाती भित्र्याइएको हो । 

आग्राको चल्तीबाट अर्यालहरुले पालुङको मत्स्यनारायणसम्म बेलपत्र सहितको फुलपाती ल्याउने र त्यहाँबाट स्थानीय मगर, नेवार, भुजेल, ब्राम्हण सहितको सातजना कर्ताहरुले पालुङको फुलपाती चौरसम्म बाजागाजा सहित ल्याउने परम्परा छ । डोलीमा राखेर हर्षोल्लासका साथ ल्याइने फलुपातीले थाहानगरमा दशैं आएको संकेत गर्दछ । 

दशैमा मात्र प्रयोगमा आउने पालुङको खोला किनारामा रहेको उक्त चौरलाई सबैले फुलपाती चौरको नामले चिन्छन् । फुलपाती चौरमा ल्याइएको फुलपातीलाई पुजाविधि अनुसार शुभ साइतमा बली सहित सलामी दिएपछि पालुङको दशै घरमा फुलपाती भित्र्याउने पुरानो चलन हो । 

परापूर्व कालदेखि देखि नै संचालन हुँदै आएको परम्परा तत्कालिन प्रधानपञ्चको नेतृत्वमा हुँदै आएको भए पनि मुलुकमा बहुदल आएपछि तत्कालि दामनपालुङ आर्थिक विकास सहयोग समितिले व्यवस्थापन गर्दै पालुङ गाविसका पूर्व अध्यक्ष श्यामभक्त श्रेष्ठनले बताए । पालुङ स्थित दशै घरमा फुलपाती भित्र्याएपछि स्थानीयहरुले घरघरमा फुलपाती लगेर आफ्नो घर–घरमा लगि भित्र्याउने परम्परा छ । दशैघरबाट स्थानीय सरकारका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र जनप्रतिनीधिहरुलाइृ समेत फुलपाती दिने चलन छ ।

संस्कृति र परम्परा जोगाउँदै धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा नगरलाई विकास गर्न समेत सघाउ पुग्ने भएकोले पुरानो परम्परा ब्युताउनको लागि पहल थालिएको नगर प्रमुख लवशेर विष्टले प्रतिक्रिया दिए । पुरानो परम्परामा नै पहिचान हुने भएकोले यस्तो चालचलन जोगाउन सँधै प्रतिवद्ध हुने वडा अध्यक्ष गुप्त बहादुर कार्कीले जानकारी दिए । 

फुलपाती भित्र्याउने कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, उपमेयर खड्ग गोपाली, थाहा–२ का वडा अध्यक्ष गुप्त बहादुर कार्कीको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा वडा सदस्यहरु, भूतपूर्व सैनिक संघ मकवानपुरका कमल कुमार केसी, पूर्व जनप्रतिनीधि श्यामभक्त श्रेष्ठ तथा पत्रकार र सुरक्षा निकायको उपस्थिती उपस्थिती रहेको थियो । 

दशै घरमा घटस्थापनाको दिन स्थानीयहरुले सामुहिक जमरा राखेका छन् ।  पालुङको दशै घरमा महाअष्टमी राती कालरात्री गरिन्छ । महानवमीको दिन दशै घर नजिकैको कोतमौलामा कोतपुजा र विजयादशमीको दिन टीका तथा जमराको कार्यक्रम समेत रहेको थाहा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गुप्त बहादुर कार्कीले विकासखबरलाई जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)