nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बज्रबाराहीको सरस्वती बजारमा ११ वटा सिसी क्यामेरा जडान

109432984_347363375598302-1594912469.jpg

थाहा नगरपालिका वडा नं. ६ बज्रबाराहीको सरस्वती बजारमा सिसी क्यामेरा जडान गरिएको छ । थाहा नगरपालिकाको ७० प्रतिशत र जनसमुदायको ३० प्रतिशत लगानी गरी कुल १० लाख ६५ हजार रुपैयाको लागतमा सिसी क्यामेरा जडान गरिएको हो । बज्रबाराहीको मुख्य बजार क्षेत्रलाई मध्येनजर गरी सरस्वती बजार पुल देखि पापुुङ जानेबाटो सम्म सिसी क्यामेरा जडान गरिएको सरस्वतीबजार बजार व्यवस्थापन उपभोक्ता समितिको अध्यक्ष फणिन्द्रनाथ सुवेदीले जानकारी दिनुभयो ।

सरस्वती बजारको मुख्य चोकमा ३ सय ६० डिग्रीको क्यामेरा जडान गरिएको छ । सरस्वती बजार पुल देखि पापुुङ जानेबाटो सम्म र वडा नं ६ को वडा कार्यालय समेतमा गरी ११ वटा सिसी क्यामेरा जडान गरिएको छ । स्थानीय प्राविधिक सोनम बलामीको सहयोगमा गरिएको जडान कार्य असार ३१ गते सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । वडा कार्यालयको मातहतमा निगरानी गरिने गरि सिसी क्यामेराको जडान गरिएको समितिका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।