nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

फेसबुकमा बिर्सेर पनि सेयर गर्न नहुने यी फोटोहरू – जसले अप्ठ्यारोमा पार्नसक्छ

कतै फोटो खिच्दा फेसबुकमा हालेर ट्याग गर्नुस् भन्ने त सबैको बानी नै भइसक्यो । आफ्नो कुरा अन्य व्यक्तिसम्म पु–याउन हामी सामाजिक सञ्जालमा फोटोहरु अपलोड गर्छौं । फेसबुकमा राखिएको फोटोका कारण कयौं नराम्रा घटनाहरु घटेका छन् ।

जुन कुराको हामीले हेक्कासम्म पनि राख्न सकेका छैनौं । ख्याल ख्यालमा राखिएको तस्वीरले आफै अप्ठ्यारोमा पर्ने समेतको खतरा हुनसक्छ । फेसबुकमा राखिएको तस्वीरहरु कसकसले हे–यो भन्ने समेत हामीले थाहा पाउँदैनौ । यसरी कुनै खराब व्यक्तिले तपाइँको बारेमा फेसबुकको तस्वीरलाई गलत ठाउँमा प्रयोग गरेर तपाइँलाई अप्ठ्यारो पार्ने काम समेत गर्न सक्छन् । त्यसैले यसकुरामा हामी बढी नै चनाखो हुनपर्दछ ।

त्यसैले बिर्सेर पनि यी तस्वीरहरु फेसबुक या अन्य सामाजिक सञ्जालमा पोष्ट गर्नु हुँदैन जसले तपाइँलाई अप्ठ्यारोमा पार्न सक्छ । फेसबुक या सामाजिक सञ्जालमा बिर्सेर पनि आफ्नो पे चेक,क्रेडिट कार्ड, अनलाइन खरिद बिल र बैंक एकाउन्टका तस्वीर पोष्ट गर्नुहुँदैन । यदि तपाइँले यसो गर्नुभयो भने निकै ठूलो गल्ती हुनसक्छ । तपाइँले पोष्ट गरेको तस्वीरका आधारमा कम्प्युटर ह्याकरले तपाइँको बैंक एकाउन्टमा रहेको पैसा समेत चोर्न सक्छन् ।

लोटरी परेका तस्वीर कहिले पनि फेसबुकमा सेयर गर्नुहुँदैन । तपाइँले खुशी मानेर सेयर गरेको तस्वीरलाई नक्कली बनाएर ह्याकरले तपाइँको पैसा उनीहरुले नै लिन सक्छन् । फेसबुकमा कहिले पनि आफ्नो नागरिकता, शैक्षिक प्रमाणपत्रका तस्वीर पोष्ट गर्नुहुँदैन । यसको माध्यमबाट ह्याकरले बैकमा प्रमाणका रुपमा पेश गरेर तपाइँको एकाउन्टको पैसा चोर्न सक्छन् ।

बच्चासँगको वा परिवारकोसँगको तस्वीर फेसबुकमा हाल्दा अप्ठ्यारोमा पर्न सक्छन् । यस्ता फोटोको माध्यमबाट तपाइँमाथि निगरानी राखिरहेका व्यक्तिहरुलाई थाहा हुन्छ तपाइँ कहिले परिवारसँग रहेको र नरहेको जसलेगर्दा उनीहरुलाई तपाइँमाथि निगरानी गर्न सजिलो हुन्छ ।

फेसबुकमा कहीँ घुम्न जाँदा लोकेशन सहितको तस्वीर पोष्ट गर्नुहुन्छ भने त्यसो नगर्नुस् । यसले तपाइँ कुनबेला कता छ भनि जानकारी उनीहरुलाई हुन्छ र तपाइँको नभएको अवस्थामा घरमा चोरी वा तपाइँलाई अप्ठ्यारोमा पार्ने योजना बुन्न अरुलाई मद्दत मिल्दछ । एजेन्सी