nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

फेरि बढ्यो डिजेल-पेट्रोलको मूल्य [के को मूल्य कति पुग्यो ?]

 नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।

पेट्रोलमा  १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १/१ रुपैयाँ भाउ बढेको छ  । शुक्रबार राती १२ बजेबाट बढेको मूलय लागू हुनेछ । काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा पुर्‍याइएको  छ । डिजेल र मट्टतिेको मूल्य ९८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विरेन्द्र गाइतले बताए ।

 

 

पछिल्लो १०/१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको उनको भनाइ छ ।

अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमको दावी छ । यो मूल्य वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा १३.६७ प्रति लिटर र डिजेल १५.६४ प्रति लिटरले नेपालतर्फ नै सस्तो रहेको निगम बताउँछ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)