Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

फाखेलमा विद्युत प्राधिकरणको चरम लापरबाही, सडकमा लत्रीएको तारबाट करेन्ट लागेर एकजना गम्भीर घाइते

इन्द्रसरोवर गाउँपालिका वडा नं ५ चखेल मकैबारी स्थित सडकमा लत्रीएको तारबाट करेन्ट लाग्दा सोहि वडाका रामकृष्ण कार्की गम्भीर घाइते भएको छ । बुधबार बिहान करिब ६ बजे मोटरसाइकलमा मकैबारी जाँदै गरेका बेला  ११ हजार लाइनको तार बाटोमा लछारिएको देखे पछि बाइकबाट ओर्लिएर पन्छ्याउन खोज्दा करेन्ट लागेको स्थानियले बताए । घाइते कार्कीको खुट्टा, हात र ढाड लगायत शरीरका अन्य भाग जलेको उनको श्रीमती शर्मिला कार्कीले बताइन् । 


कार्कीलाई अहिले पाटन अस्पतालमा आकस्मिक कक्षमा राखिएको छ । अस्पतालका अनुसार आइ.सी.यु. खाली नभएकाले अन्यत्र रेफर गर्ने तयारी भैरहेको छ ।


विगत लामो समय देखी नै फाखेलमा नेपाल विद्युत प्राधिकरणले चरम रुपमा लापरबाही गर्दै आइरहेको छ । नयाँ तथा पुराना विद्युत लाइनहरु अव्यवस्थित रुपमा यत्रतत्र, लथालिङ्ग छोडिएको पाइन्छ । बेलाबेलामा यस्ता घटनाहरु घटिरहेको अवस्थामा ज्वलन्त उदाहरणको रुपमा यो घटना घटेको छ । जनधनको क्षति हुने कुरामा समेत नेपाल विद्युत प्राधिकरणको गरेको यस्तो लापरबाही प्रती स्थानिय आक्रोशित बनेका छन् ।
नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका प्रमुख सन्तोष पन्तका अनुसार घाइतेलाई आवश्यक कागजी प्रक्रिया मार्फत क्षतिपूर्तिको व्यवस्था गर्ने बताए । पालुङ वितरण केन्द्रका प्रमुख सन्तोष पन्त भन्छन् - 'लथालिङ्ग रहेको तारहरु सबै चालु भएको लाइन होइन रहेछ, त्यसलाई सुधार नगरीकन चालु गर्न सकिदैन, अब ४/५ महिना भित्रमा पुरानो लाइनहरु सबै हटाएर नयाँ लाईनमै नयाँलाईन चार्ज गर्ने योजना रहेको छ ।'



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।