Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

फरक सोचले मनायो रुपचन्द्रको ८४ औं जन्मजयन्ती  मन्त्री पाण्डेले भने–"थाहाको सक्दो प्रचार गरौं"

मकवानपुर थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील फरकसोच अभियानले थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको ८४ औं जन्मजयन्ती दोस्रो थाहा दिवस मनाएको छ  । सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेर अभियानले २६ पुसमा जन्म जयन्ती मनाएको   हो । विष्टको जन्म १९९० साल पुुस २६ गते भएको थियो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले दोस्रो थाहा दिवस तथा विष्टको ८४ औं जन्मजयन्तीमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन गरे । कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले रुपचन्द्र विष्टले फैलाएको थाहालाई सबैले सक्दो प्रचार गर्नुपर्ने औंल्याए ।कार्यक्रममा पूर्व स्थानीय विकास अधिकारी भूवन प्रकाश विष्ट, थाहा नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर परियार, शालिक संरक्षण समितिका संयोजक राजेश केसी लगायतले रुपचन्द्र विष्टले सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि थाहाको माध्यमबाट पु¥याएको योगदानको चर्चा गरेका थिए । 

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत उत्तरी मकवानपुर स्तरीय भलिबल प्रतियोगिता, अन्तरमावि निबन्ध तथा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई सोही अवसरमा प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो । रुपचन्द्र विष्टको जन्म जयन्तीकै अवसरमा फरक सोचले तीर्थदास स्मृति सामाजिक सम्मान अन्तर्गत तीन जनालाई सम्मान गरेको छ । ३ दशकदेखि लैंगिक हिंसाविरुद्ध कार्य गर्दै आएकी रीता प्रधान र पर्यटन प्रवर्धनमा योगदान पु¥याएवापत सुनगाभा होटल रिसोर्ट सञ्चालकलाई ताम्रपत्रसहित सम्मान गरिएको हो  । त्यसैगरी तिर्थदास स्मृति सामाजिक सम्मान कोषबाट पत्रकार पूर्णिमा गोलेलाई सम्मान गरिएको छ । गोलेलाई  नगद  १० हजारसहित ताम्रपत्रले सम्मानित गरिएको हो । गतवषर््ाबाट शुरु गरिएको पत्रकार सम्मान अन्तर्गत   विद्युतीय सञ्चार माध्यममा कार्यरत पत्रकारलाई सम्मान गरिएको हो । गतवर्ष छापा माध्यममा पत्रकार प्रताप विष्टलाई सम्मान गरिएको थियो । फरक सोचले थाहा नगरमा शिक्षा क्षेत्रमा योगदान दिने तिर्थदास श्रेष्ठको स्मृतिमा सामाजिक सम्मान कोष खडा गरि वार्षिक रुपमा सामाजिक क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । 

कार्यक्रमकाको अवसरमा स्थानीय क्षेत्रका बालबालिका तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडासमेत प्रदान गरिएको छ । नेपाल चलचित्र वितरण समितिका सदस्य बिकास कुमार प्रधानले एक सय जना विपन्न वर्गका व्यक्तिहरुलाई न्यानो कपडा उपलब्ध गराएका थिए । फरक सोचका अभियन्ता यादव जंग रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा अभियानलाई सहयोग पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई कदरपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । रुपचन्द्र विष्टले नारी शिक्षित भए मात्र विकास हुने भावनालाई कदर गर्दै अभियन्ता रायमाझीले रु. १ लाखको अक्षय कोषको घोषणा गरेकाछन् । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)