Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पीसीआर परीक्षणलाई तीव्रता दिन मानव अधिकार आयोगको आग्रह

manab-adhikar-1593944381.jpg

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना बढी संक्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न  र पीसीआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको छ । 

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा आइतबार यहाँ जारी विज्ञप्तिमा काठमाडौं उपत्यका जस्तो घनाबस्ती भएका ठाउँमा समुदायमा कोरोना संक्रमण फैलिएमा स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा ध्यान पुर्‍याउन र पीसीआर परीक्षणलाई तीव्रता दिई नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई पुनः आग्रह गरिएको छ ।

कोभिड–१९ को संक्रमण पछिल्लो समय नेपालमा पनि उच्चस्तरमा फैलँदै गइरहेको अवस्थामा उपत्यकाका ढलहरुमा समेत कोरोनाको भाइरस भेटिएको भन्ने सञ्चारमाध्यममा सार्वजनिक भएकाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघसँगको सहकार्यमा मुलुकभर कोभिड–१९ को सन्दर्भमा मानव अधिकार अवस्थाको अनुगमन गरी अनुगमनबाट प्राप्त तथ्यका आधारमा यसअघि पनि पीसीआर परीक्षण बढाउन तथा क्‍वारेन्टाइनहरू व्यवस्थित गर्न पटक/पटक सरकारलाई आग्रह गर्दै आएको स्मरण आयोगले विज्ञप्तिमार्फत गराएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)