Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङ जेसीजद्वारा फुड बैंक स्थापना, सबैले सहयोग गर्न आग्रह

Manoj Rayamajhi को फोटो।

पालुङ जेसीज थाहा नगरले फुडबैंक स्थापना गरेको छ । कोरोना भाईरस (कोभिड १९) का कारण देशमा निम्तिएको विषम परिस्थितिमा दैनिक गुजारा चलाउन समस्या हुने व्यक्ति तथा परिवारलाई राहत दिने सरकारको योजनालाई सहयोग गर्न जेसीजले फुड बैंक स्थापना गरेको पालुङ जेसीज वर्ष २०२० का अध्यक्ष मनोज रायमाझीले बताउनु भयो । फुडबैंकमा जेसीजका संस्थापक, पूर्व अध्यक्षहरु, वर्तमान कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु तथा इच्छुक नागरिकहरु जो सुकैले पनि सहयोग गर्न सक्ने जेसीज वर्ष २०२० का महासचिब नवराज लामाले जानकारी दिनुभयो । 

समितिले फुडबैंक मार्फत संकलन गरेको खाद्यान्न तथा नगद नयाँ वर्षको अवसर पारेर बैशाख १ गते थाहा नगरपालिकालाई हस्तान्तरण गर्ने वर्ष २०२० का कोषाध्यक्ष संगम कार्कीले बताउनु भयो । सरकारले राहत वितरणको लागि निर्देशन गरिएको एकद्वार प्रणलीलाई सम्बोधन गर्दै स्थानीय तह मार्फत नै राहत वितरण गर्ने गरी संकलित खाद्यान्न र नगद नगरपालिकालाई हस्तान्तरण गरिने अध्यक्ष रायमाझीले बताउनु भयो।  



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०