nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ जेसीजः नेतृत्वको लागि दुई हस्ती बीच प्रतिस्पर्धा

पालुङ जेसीज वर्ष २०१७ का लागि अध्यक्षमा दुईजनको उमेद्वारी परेको छ । अध्यक्ष पदका लागि अन्जल प्रधान र विजयश्याम अमात्यको उमेद्वारी परेको निर्वाचन अधिकृत जर्म श्रेष्ठले जानकारी दिए । प्रधान पालुङ जेसीज वर्ष २०१६ का कोषाध्यक्ष हुन् भने अमात्य कानूनी सल्लाहकार हुन् । 

त्यस्तै दुई जनको कार्यकारी उपाध्यक्ष पदमा चार जनाको उमेद्वारी परेको छ । कार्यकारी उपाध्यक्ष पदमा विजय मल्ल, सुमन विष्ट, किशोर प्रधान र कृष्ण प्रसाद दाहालको उमेद्वारी परेको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । चार उपाध्यक्ष पदका लागि मनोज रायमाझी, उद्धव विडारी, पूर्णध्वज केसी, अनिता विष्ट र जयराम केसीको उमेद्वारी परेको छ । उमेद्वारहरुलाई १ पौषमा उमेद्वारी तालीम र अन्तरवार्ता हुने कार्यक्रम छ । 

पालुङ जेसीजको साधारण सभा तथा निर्वाचनको कार्यक्रम पौष २ गते हुँदैछन । साधारणसभा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीको प्रमुख आतिथ्यमा हुने पालुङ जेसीजले जनाएको छ ।