nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ जेसिजकाे खुला रक्तदान कार्यक्रम हुने

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको पालुङ जेसिजले यहि मंसिर १६ गते खुल्ला रत्तदान कार्यक्रम गर्ने भएको छ । “रक्तदान, जिवनदान”भन्ने मुल नाराको सससाथ आयोजना गर्न लागिएको रत्तदान कार्यक्रम मंसिर १६ गते थाहाको शिखरकोट बजारमा हुने वर्ष २०१६ का कानुनी सल्लाहकार विजयश्याम अमात्यले बताए ।

विहान ९ बजेवाट वेलुका ३ वजे हुने कार्यक्रमका लागी विभिन्न ब्यत्तिहरुवाट सहयोग जुटाउने कार्य भईरहेको वर्ष २०१६ अध्यक्ष शिब कुमार खत्रीले बताए । सामाजिक कार्यलाई पहिलो प्राथमिकताको साथ कार्यक्रम गर्दै आइरहेको जेसिजल १ सय भन्दा बढी रत्तदाता बनाउने उदेश्यले यति वेला प्रचारप्रसारलाई तिब्र बनाईएको वर्ष २०१६ सञ्चार संयोजक रुपक कालिराजले दिए ।

जेसिजका पूर्व अध्यक्ष खड्ग गोपालीको आर्थिक सहयोगमा हरेक वर्ष हुने गरेको रक्तदान कार्यक्रमको संयोजक जेसिस सदस्य दिनेश केसि रहेका छन । सो रक्तदान कार्यक्रममा सहभागिता भई रक्तदान गर्नको लागि आयोजकले आग्रह गरेको छ । जेसिजले मंसिर १ गतेबाट जेसिज सप्ताहव्यापी कार्यक्रम समेत सम्पन्न गरि सकेको छ ।