nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पाथिभरा सहकारीमा अध्यक्षका लागि ४ जनाको उमेद्वारी

थाहा नगरपालिका वडा नम्बर २ मा रहेको पाथिभरा बचत तथा ऋण सहकारीको अध्यक्ष पदका लागि चार जनाको उमेद्वारी परेको छ । 

अध्यक्ष पदका लागि भर्खरै पदावधि सकिएका अर्जुन बहादुर कार्की सहित जीवन कुमार बस्नेत, गोविन्द बहादुर कार्की र गोकर्ण वरुवालको उमेद्वारी परेको हो । ११ असोजमा भैरहेको सहकारीको निर्वाचन कार्यक्रम अन्तर्गत उपाध्यक्षमा रामकुमार कार्की, सचिव भुपेन्द्र हमाल र सहसचिव मिना थापा सर्वसम्मत भैसकेका छन् । 

त्यसैगरी कोषाध्यक्ष पदका लागि देवकृष्ण श्रेष्ठ, नवराज कार्की र सुर्य बहादुर थापाको उमेद्वारी परेको छ भने दलेखा समिति संयोजकका लागि राधाकृष्ण विष्ट र मनोज कार्कीको उमेदुवारी परेको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)