nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पहिरो कारण भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

pahiro-1594359941.jpg

बिहिबार साँझ देखि परेको भारी वर्षाले विभिन्न स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ ।

भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

बिहानैदेखि अविरल वर्षा भइरहेको कारणबाट ठाउँठाउँमा गएको पहिरो पन्छाउन कठिनाइ उत्पन्न भएको र मौसम सुधार हुने बित्तिकै पहिरो पन्छाई भीमफेदी–कुलेखानी सडक यातायात सञ्चालन गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)