Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पहिरोमा वेपत्ता १० जनाको शव भेटियो

myagdi-pahiro-1594457513.jpg

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ। वडाअध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको हो। सात जना वेपत्ता भएको रिखमा सुरक्षाकर्मीको टोली जाँदैैछ। रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर वेपत्ता भएका नलिमान छन्त्यालको शुक्रबार नै शव भेटिएको थियो।

मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ, नौरु र दुलेमा वेपत्ता आठको खोजीमा शनिबार बिहान आएका सेना, शसस्त्र र प्रहरीको टोलीले काम सुरु गरेको वडाअध्यक्ष रेशम जुग्जालीले बताए। नेपाली सेनाको हेलिकप्टरमार्फत वेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन्। भौगोलिक बिकटता र प्रतिकूल मौसमका कारण शुक्रबार बिहान पहिरो गएको ठाउँमा २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन्।

रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर वेपत्ता भएका नलिमान छन्त्यालको शुुक्रबार नै शव भेटिएको थियो। दुखुखोलाले बगाएर वेपत्ता भएकी मालिका–६ की गीता रोका अझै फेला परेकी छैनन्। मराङको राम्चेमा पहिरोमा परी घाइते भएका चार जना घाइतेको हेलिकप्टरले उद्धार गरेर बेनी अस्पतालमा ल्याएको छ। अस्पतालमा ल्याएकोमा एक जना गर्भवतिसमेत छिन्। यसैबीच म्याग्दीको मालिका गाउपालिका–५ देवीस्थान र धवलागिरी गाउँपालिका–७ काफलडाँडामा पहिरोका कारण ९३ घरपरिवार विस्थापित भएका छन्। केही दिनदेखिको निरन्तरको वर्षासँगै पहिरो खसेर जोखिम बढेपछि जनप्रतिनिधि, युवा क्लव र आमा समूहको पहलमा सुरक्षित ठाउँमा भएका घर र सामुदायिक भवनमा सारिएको छ।

देवीस्थानको ताम्ला, गर्जरा, दारिम्बोट, घोर्लटे, दि र पारिभित्ताका ५३ घरको सामानसहित स्थानीयवासीलाई रुन्मामा सारिएको सुर्यमुखी युवा क्लवका अध्यक्ष भकबहादुर घर्तीले बताए। जुग्जाका १०, पन्थोकका नौ, घरिथोकका चार र मगरदाङका एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। रुन्माको नवसिर्जना युवा क्लवको भवन पुरिएको छ। ३० किलोवाट क्षमताको मगरदाङ लघुजलविद्युत परियोजनाको नहर, बाँध र विद्युतगृह पहिरोले बगाएको छ।  गौडाखोला लघुजलविद्युत परियोजनाको संरचनामा क्षति पुगेको छ। देउताभिर जाने पदमार्ग र खारवाङखोलाको झोलुङ्गे पुल बगाएको छ। थप क्षति हुन नदिनका लागि जोखिमयुक्त बस्तिका वासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको देवीस्थानका वडा सदस्य डिलबहादुर पुनले बताए। रासस



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०