nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पर्यटकीय नगरी थाहामा नेपाली टोपी दिवस भव्यताकासाथ मनाइयो 

पर्यटकिय नगरी थाहामा भव्यताका साथ पाँचौ नेपाली टोपी दिवस प्रभातफेरी सहित मनाइएको छ । लायन्स क्लब अफ पिस थाहा र लियो क्लब अफ पिस थाहाको आयोजनामा भएको कार्यक्रममा उल्लेखनीय रुपमा सहभागिता रहेको थियो । सहभागीहरु नेपाली पोशाक, ढाका टोपी, कालो टोपी र भादगाउँले टोपिमा सजिएर थाहा नगरपालिकाको शिखरकोटबाट थानाबजारसम्म प्रभातफेरीमा सहभागी भएका थिए ।

"नेपाली टोपी, नेपालीको पहिचान" भन्ने मुल नाराका साथ पाँचौ नेपाली टोपी दिवस मनाइएको लियो क्लब अफ पिस थाहाका अध्यक्ष अनित बिष्टले बताए । २०६२/६३ को जनआन्दोलनपछि  बनेको सरकारले दौरासुरुवाल, टोपी र गुन्युचोलोलाई राष्ट्रिय पोशाकबाट हटाए पछि हालसम्म देश राष्ट्रिय पोसाक बिहिन रहेको अवस्थामा पुनः यसको पहिचान स्थापना र संरक्षण गर्न विगत ५ बर्ष देखी यो दिवस मनाउँदै आईएको छ । 

लियो क्लब अफ पिस थाहाले , थाहामा सकृय रहेका विभिन्न संघसंस्था ९ शिखर क्लब , थाहा खैचडी भजन समूह , गोपाली साँस्कृतिक साँझ , गोरखनाथ मन्दिर संरक्षण युवा समिती , नवक्षितिज कला केन्द्र र थाहा कला केन्द्र० को सहयोगमा कार्यक्रम आयोजना गरेको हो । 

प्रभातफेरि भरी थाहा खैचडी भजन समूहले प्रस्तुत गरेको खैचडी भजनले थप शोभा थपिएको थियो । थाहा नगरपालिका पहिलो पटक यसरी औपचारिक कार्यक्रम गरि मनाइएको यो दिवस निक्कै व्यवस्थित र उत्साहजनक भएको सहभागीहरुले बताएका छन । कार्यक्रम सभ्य र भव्यताकासाथ आयोजना भएको बताउदै अध्यक्ष अनित बिष्टले कार्यक्रम सफल बनाउन साथ दिनुहुने सम्पुर्णमा कृतज्ञता व्यक्त गरेका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)