nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पर्यटकीय गन्तव्यको अर्को नाम ‘दामन’

  • दावा लामा, दामन

मकवानपुरको थाहा नगरपालिकामा अवस्थित पर्यटकिय स्थलको रुपमा परिचित नाम हो “दामन” । दामनको आफ्नै महत्व र विशेषता रहेको छा । यस विषयमा एभरेष्ट युवा विकास क्लव दामनका महासचिवको पदमा रहेका दावा शेर्पाले दामनको परिचयात्मक जानकारी समेटेर विभिन्न विशेषताा सहित दामनको चित्रलाई दर्शाएका छन् ।

फाइल फोटो

ई.सं. १९५९–१९५६ (बि.सं. २०१०–२०१३) सालसम्ममा नेपाल र भारत सरकारको सहकार्यमा निर्माण सम्पन्न भएको नेपालकै पहिलो सडक बाटो त्रिभुवन राजपथ जसको कुल लम्बाई थानकोट देखि भैँसे दोभान सम्म ७२ माईल (११५.८७३ कि.मि.) छ । जुन बाइरोडको बाटोको नामले पनि प्रख्यात छ । सोहि बाटो निर्माण हुने क्रममा ती भारतिय मजदुरहरु दामन सम्म आइपुगेछन् र यहाँको प्राकृतिक सौन्दर्यता देखेर मन्त्रमुग्द्द भएछन् अनि उर्दु भाषाको नाम दियो “दामन” । उर्दु भाषामा यसको अर्थ ब्यपक छ । जस्तै आमाको काख, इज्जत, आत्मा, पवित्र स्थान ईत्यादि । 

फाइल फोटो

यदि गुगलमा खोज्ने हो भने दामन नामको शहर वा गाउँ भारत, पाकिस्तान, दुबई, अफगानिस्तान, इरान, ईराक, साउदी अरेयिबा जस्ता देशहरुमा भेटिन्छन् र प्राय ती सबै सुन्दर अनि प्रख्यात स्थानहरु नै छन् । प्राय हिन्दी चलचित्रहरुको यो शब्द दामनको बढि प्रयोग देखिन्छ ।

फाइल फोटो

सामुन्द्री सतह देखि २३२२ मिटर (७६२० फिट) उचाईमा रहेको दामन समशितोष्ण हावापानी भएको क्षेत्रमा 
पर्दछ । अर्थात दामन बाह्रै महिना चिसो हरियो अनि वर्षा भईरहने ठाउँ हो । दामन जैविक विविधताले धेरै सम्पन्न 
छ । यहाँ सयौं–हजारौं प्रजातीका दुर्लभ लोपउन्मुख र महुमूल्य जडिबुटि, च्याउँ, किरा, फट्याङ्ग्रा, अर्किड, चराचुरुङ्गी फलफूल ईत्यादी पाईन्छ । जस्तै नेपालमा मात्र पाईने काँडे भ्याकुर यसको एउटा उदाहरण हो । 

फाइल फोटो

यहाँ मंसिर, पुस, माग र फागुनमा धेरै जाडो हुनुको साथै हिमपात पनि हुने गर्दछ । यो पर्यटकीय आवगमनको समय हो । र, प्राय देशभरका विभिन्न ठाउँहरु जस्तैः हेटौंडा, काठमाण्डांै, चितवन, विरगंज, पर्सा, बुटवल, नारायणगढ, सर्लाही, जनकपुर, धादिङ र अन्य स्थानहरुबाट हजारौंको संख्यामा हिँउ खेल्न, भनभोज गर्न, दृश्यावलोकन अध्ययन तथा भ्रमण गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । 

फाइल फोटो

चैत्र, बैशाख, जेष्ठ यहाँको गर्मी मौसम हो । तर २५ डिग्री भन्दा माथि तापक्रम अहिले सम्म गएको कुनै 
रेकर्ड नै छैन । यो तापक्रम रुम तापक्रममा बसोबास गर्नेलाई धेरै नै अनुकुुल वातावरण हो । असार साउन र भदौमा अधिक वर्षात हुनुका साथै अर्गानिक तरकारी तथा फलफूलको उत्पादन पनि अत्याधिक मात्रामा हुने गर्दछ । चिसो हावापानीमा उत्पालिदत कृषि उपजहरु भएकाले धेरै नै स्वादिष्ट र स्वास्थ्यवर्दक छन् र बजारमा यसको माग पनि सय प्रतिशत नै रहेको छ । यहाँ उत्पादित कृषिजन्य बस्तुहरु भारतीय शहरहरु लगायत देशैभरी निर्यात हुने गरेको छ । 

Caption

असोज कात्तिक देखि जाडो याम शुरु हुन्छ र मौसम पनि सफा हुन थाल्दछ । त्यस प्रश्चात फागुनको मध्य महिनासम्म पर्यटकीय चहलपहल 
चल्दछ । यहाबाट १८० डिग्रीको कोणमा ८००० मि भन्दा माथिका नेपालमा भएका सबै हिमालहरु देख्न सकिन्छ । पश्चिमी दिशामा रहेको अन्तिम हिमाल माछापुच्छे्र देखि पूर्वको कञ्चनजंगा सम्मका पूरै हिमश्रृङ्खालाहरुको अदभूत अवलोकन दामनको कुनै पनि स्थानबाट गर्न 
सकिन्छ । 

नेपालको पहिलो भ्यू टावर जसको स्थापनाको नाम शितल भ्यू टावर थियो त्यो पनि दामनमा नै अवस्थित छ । यसको निर्माण कहिले र कस्ले ग¥यो भन्ने कुनै अभिलेख छैन । सम्भवतः वि.सं. २०२१ साल फागुन २७ गते बुधबारका दिन राजा महेन्द्रको शासनकालमा स्थापना भएको नेपालकै दोस्रो ठूलो शितोष्ण बागबाणाी फार्म जुन लगभग ७६ हे. मा फैलिएको छ । त्यसै समय यसको पनि निर्माण भएको हुन सक्ने आकलन गर्न सकिन्छ । वि.सं. २०२२ सालमा स्थापना भएको पर्वतीय वनस्पति उद्यान जुन नेपालको राष्टिूय सम्पदा हो र वनस्पति विभागको मन्त्रालय अन्तर्गत पर्दछ । जसको कुल क्षेत्रफल लगभग १०५ हेक्टर बराबर छ । यस्तो राष्ट्रिय सम्पदा पनि दामनमा नै रहेको हो । तर विडम्बना पूरै भू–भाग सल्लोको जंगलले ढाकिएको छ । र विकासको कुनै पनि गतिविधिशरु शून्य बराबर नै छन् । 

हिन्दु तथा बौद्ध धर्मावलम्वीहरुको पवित्र अनि प्रख्यात तिर्थस्थल ऋषेश्वर महादेव र गुरु रेम्पोचेको पनि पावन भूमि हो । भौगोलिक अध्ययन केन्द्र पनि यहि नै तोकिएको छ तर आजको दिनसम्म जियोलोकिल रिसर्च पोईन्ट कुनै पनि पूर्वाधार नै बन्न सकेको छैन । अर्काे विशेषता भनेको नेपालको पहिलो मानव निर्मित कुलेखानी जलविधुत आयोजना पनि दामन क्षेत्र आसपास नै पर्दछ । जसलाई हामी इन्द्रसरोवरको नामले पनि चिन्दछ । 

नेपालको नक्सा हेर्ने हो भने दामन, प्रदेश नं. ३ मकवानपुर जिल्लाको थाहा नगरपालिका ४ मा पर्दछ । तराई र पहाडका जिल्लाहरुले घेरिएको मकवानपुरको अग्रनी पर्यटकीय स्थान दामन मध्य भागमा पर्दछ । र काठमाण्डौं, धादिङ, नारायणगढ, चितवन, हेटौंडा, विरगंज, पर्सा, रौतहट, सर्लाही नजिकका अन्य जिल्लाहरुबाट एकै दिनमा घुमफिर गरी आउन जान पनि सहज हुन्छ । बुटवल स्याङ्जा जस्ता टाढाका जिल्लाहरुबाट समेत पर्यटकहरु दामन सम्म भनभोज खान, हिँउ खेल्न, अध्यययन अवलोकन र भ्रमण गर्न आउने गरेका छन् । मकवानपुरको शिखर, सिम्भञ्ज्याङ जसको उचाई २४८८ मि. छ । जहाबाट दक्षिणी दिशामा रहेको भारतीय भू–भागहरु, उत्तरमा रहेको हिमश्रृङ्खालाहरु र पूर्वी महाभारत पर्वतको ३८० डिग्रीको कोणमा अलौकिक अवलोकन गर्न सकिन्छ । यस्ता अनगिन्ती विशेषताहरु भएको दामनमा नगरपालिकाले आवश्यक सबै प्रकृयाहरु पूरा गरी पूर्वाधारहरु निर्माण गरीदिए वास्तवमै स्वर्ग हुने थियो “दामन” ।


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)