Thursday, 30th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेविसंघमा २० विद्यार्थी प्रवेश

nb-1-1483346129.jpg

नेपाल विद्यार्थी संघ मकवानपुरमा मकवानपुरमा रहेर विभिन्न क्याम्पसमा अध्ययनरत २० विद्यार्थी प्रवेश गरेका छन् । नेविसंघमा सुमन लामा, अमृतप्रसाद ढकाल, सागर शाही ठकुरी, श्रीकृष्ण श्रेष्ठ, आशालाल दोङ, तिलक घलान, सादिश श्रेष्ठ, राजकुमार तामाङ, सुवाष भण्डारी, दीपराज केसीलगायत २० विद्यार्थी प्रवेश गरेका हुन् ।

नेविसंघ मकवानपुरका कार्यबाहक सभापति राजु खतिवडाको सभाध्यक्षता एवं नेपाली काँग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आथित्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिवद्वय बुद्ध लामा, आनन्द कठायत, जिल्ला सदस्य राजिव सुवेदी, सुशान्त श्रेष्ठ क्षेत्रीय सभापतिहरु तारानाथ चौलागाई, दामोदर सुवेदी, लोक मुक्तान, तरुण दल जिल्ला सचिव सचित थापा, इन्दिरा न्यौपानेलगायतले स्वागतसहित मन्तव्य व्यक्त गर्नुभएको थियो ।