nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपाल लाईफ पालुङ द्वारा मृत्यु दाबी भुक्तानी

IMG_20220606_140627-1654503705.jpg

नेपाल लाईफ इन्स्योरेन्स पालुङ द्वारा मृतक परिवारलाई बिमाङ्कको  दुई गुना रकम हस्तान्तरण ।
भनिन्छ मानिस को जीवन अनिश्चित छ, मकवानपुर जिल्ला इन्द्रसरोवर गा.पा. का बिमान घिसिङ काम को शिलशिलामा बिराटनगर पुगे लगत्तै  मिति २०७८/१०/१० गते भवितव्यको कारण बाट मृत्यु भयो घिसिङले मिति २०७८/०८/२९ गते "नेपाल लाईफ समुन्नत जीवन बिमा" योजना अन्तर्गत रु.२,००,०००/- को बिमा गरि एक किस्ता बराबर रु.१८,४०५/- मात्र तिरेका थिए । 
मिति २०७९/०२/२३ गतेका दिन मृतकको घरमै पुगेर बिमाङ्क रकम रु. २,००,०००/- समुन्नत बिमालेख को हकमा रु. २,००,०००/-  र बोनस बापत रु. १,०००/- गरि जम्मा रु. ४,०१,०००/- को चेक नेपाल लाईफ इन्स्योरेन्स क.लि. पालुङ उपशाखा प्रमुख नरहरी पौडेल, कम्पनीका एजेन्सी मेनेजर सहदेब रिमाल,बिक्रम गोपालि,स्थानिय जनप्रतिनिधी इन्द्रसरोवर गा.पा. वडा १ कि वडा सदस्य गोमा वाइबा, स्थानिय बासिन्दा सहितको सहभागिता मा मृतक कि श्रीमती राममाया घिसिङ लाई हस्तान्तरण गरेको पौडेलले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।