Saturday, 24th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

नेपाल दलित संघको २ नम्बर क्षेत्रीय अध्यक्षमा विश्वकर्मा

नेपाल दलित संघ मकवानपुर २ नम्बर क्षेत्रीय अध्यक्षमा पुरुषोत्तम विश्वकर्मा चयन भएका छन् ।

आईतबार भएको भेलाले विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय २ नम्बर क्षेत्रीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा राधिका सुनार, सचिव बन्दना बसेल, कोषाध्यक्ष दीपेश विश्वकर्मा तथा सदस्यहरु सन्दिप सुनार, रमा सुनार, नवराज दुधराज, मनोज परियार, जीवन सुनार, सरिता सुनार र राम परियार रहेका छन् ।

दलित संघ जिल्ला अध्यक्ष अमित परियारको सभाध्यक्षता तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आथित्यतामा भएको कार्यक्रममा कार्यबाहक जिल्ला सभापति विष्णु लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, आमन्त्रित सदस्य अमिक परियार, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, राजेन्द्र विडारी, पुरुषोत्तम ठकुरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg