nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नवलपरासीमा सवारी दुर्घटना, दुईको मृत्यू

नवलपरासीको सुनवल नगरपालिका–१२ बडेरामा भएको दुईवटा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पिकअप भ्यानले ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो । घटनामा एकजना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ग२च २६ ५४ नंको पिकअप भ्यानले रोकी राखेको ना५ख ३८३६ नंम्बर बसका सहचालक महेन्द्र बुढालाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृत्यू भएका बुढा सुर्खेत पिपराका अन्दाजी १८ वर्षीय भएको प्रहरीले जनाएको छ ।

यस्तै गएराति गैँडाकोट–१२ हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । ना२०प ४२५१ नंको मोटरसाइकलले साइकलमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय रविलाल पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।