Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

नर्सिङ दिवसमा वृद्धवृद्धालाई खाद्यन्न सहयोग

५६ औं नर्सिङ दिवसको अवसरमा हेटौंडामा मनाइएको छ । नेपाल नर्सिङ संघ मकवानपुरको आयोजनामा १५ माघमा हेटौंडाको ॐ बृद्धाश्रम चौकीटोलमा रहेका वृद्धवृद्धाहरुलाई खाद्यन्न वितरण गरी मनाइएको हो ।

नेपाल नर्सिङ संघ मकवानपुरकी अध्यक्ष कुन्ता दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संघका पदाअधिकारीहरु, सल्लाहकार तथा सेवा निवृत्त भएका नर्सहरुको उपस्थिती रहेको नेपाल नर्सिङ संघ मकवानपुरकी कार्य समिति सदस्य कृतिका आचार्यले जानकारी दिइन् । संघकी सचिव निर्मला ब्लोनले संचालन गरेकी थिइन् ।

वृद्धवृद्धाहरुलाई चिया नास्ताको समेत संघले व्यवस्था गरेको थियो । नर्सहरुको कार्यप्रति वृद्धवृद्धाहरुले खुशी व्यक्त गरेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०