nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नयाँ वर्षमा बेजोड साँस्कृतिक कार्यक्रम हुने

नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा बेजोड साँस्कृतिक कार्यक्रम हुने भएको छ । दक्षिणकाली नगरपालिका ८ र इन्द्रसरोवर गाउँपालिका ३ को सिमाना पर्ने  जातिपोखरीमा नयाँ वर्ष २०७६ साल वैशाख १ गते शुभकामना आदानप्रदान सहित राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा डिजे कन्सर्ट हुने भएको हो ।जातिपोखरी सुर्योदय युवा क्लब दक्षिणकाली ८, इन्द्रसरोवर ३ को आयोजनामा कार्यक्रम हुन लागेको हो । बुद्धको मुर्ती स्थापना गरी पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको सुर्योदय युव क्लवको अध्यक्ष दिपक लामाले बताए ।


कार्यक्रममा गायकहरु अशोक तामाङ, रञ्जित लामा, सरोज लामिछाने, गायिका चिजा तामाङ, रविन्द्र लामा, डिजे डिम्डुङ र नृत्यमा स्वरुपा बल र सविता राणाको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

 वि. स. २०७५ सालमा स्थापना भएको क्लबले स्थापना कालकै पहिलो कार्यक्रम गर्न लागेको हो । नयाँ वर्षको दिन बिहान १० बजेदेखि साँस्कृतिक कार्यक्रम सञ्चालन गर्ने र साँझ डिजे कन्सर्ट गर्ने योजना रहेको आयोजकले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।