Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

murder-1593078029.jpg

काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले हतियार चक्कु प्रहार गरी श्रीमती सलिना खड्काको हत्या गरेका हुन् ।चक्कु पहारबाट खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

बुधबार राति करिब १ बजेको समयमा दुई जनाबीच विवाद हुँदा उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।श्रीमतीको हत्या गर्ने कृष्णलाई प्रहरीले बिहिबार बिहान निन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०