Tuesday, 3rd November, 2026
वि.स.
pustakalay-1792211853.jpg

धादिङमा थप २३ जनामा कोरोना संक्रमण

corona-1592119454.jpg

धादिङको नीलकण्ठ नगरपालिकाका २३ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंका निर्देशक डा. सागरराज भण्डारीका अनुसार संक्रमितमध्ये ५ जना महिला र १८ जना पुरुष रहेका छन्  ।

संक्रमितहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिए ।

संक्रमितहरु नीलकण्ठ नगरपालिका वडा नम्बर १ का २४, २६, ३५ वर्षीया महिला र २६,३२,२९ वर्षीय पुरुष गरी ६ जना, वडा नम्बर ४ का २३ वर्षीय पुरुष, वडा नम्बर ७ का ३८, ३२, २५, २२, ६२, ३२, ३२, ४७, ३० वर्षीय पुरुष गरी ९ जना र वडा नम्बर १४ का ३२, ३५ वर्षीया महिला र १८, २०, २५, ४१, ४५ वर्षीय पुरुष गरी ७ जना छन् ।

क्वारेन्टाइनमा रहेकाहरुको आरडीटी परीक्षणमा एन्टिबडी पोजिटिभ आएकाहरुको गत जेठ २९ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । नीलकण्ठ नगरपालिकामा मात्रै संक्रमित संख्या ३८ पुगेको छ 

योसँगै धादिङमा संक्रमितको संख्या ८१ पुगेको छ । संक्रमित देखिएकामध्ये तीन जना निको भएर घर फर्किएका छन् भने अन्य उपचाररत छन् । संक्रमितहरुलाई स्थानीय तहहरुले आफ्नै आइसोलेसनमा राखेका छन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg






_-Ward-2-Sandesh-1792210522.jpg
_Ward-4-Sandesh-1792210561.jpg
Ward-5-Sandesh-1792210597.jpg
Ward-6-Sandesh-1792210616.jpg


Ward-7-Sandesh-1792210632.jpg

Ward-8-Sandesh-1792210649.jpg
Ward-11-Sandesh-1792210722.jpg
_Ward-1-Sandesh-1792210500.jpg
Ward-9-Sandesh-1792210676.jpg
Ward-10-Sandesh-1792210703.jpg
Ward-12-Sandesh-1792210744.jpg