nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

देशको सिमा मिचिंदा देशभक्तको आक्रोश स्वाभाविक होईन र ?
राजन विडारी

देशको सीमाना मिचिँदा,
एक सच्चा नेपालीको मन भित्र सीमाना मिच्ने हेपाहा देशप्रति आबेग, आक्रोसभाव त स्वत: नै पैदा त हुन्छ।
र, पनि गर्ने भनेको संयमीत भई सिङ्गो देश एकताबद्ध हुने हो । देशको राज्य संयन्त्रलाई उचित अनि सार्थक पहलकदमीका लागि सकारात्मक दवाव दिने हो ।

र, सकार अनि राज्य सम्बन्धित सम्पुर्ण सरकारी निकायहरु लगायत कुटनीतिज्ञहरु समेतको सहभागितामा एथेष्ट प्रमाणहरु जुटाई गम्भीरताका पुर्वक भारतीय पक्षसँग संवाद गरिनु पर्छ । यस मामलामा सम्पुर्ण राजनैतिक दल, सरकार, प्रशासन संयन्त्र, कुटनैतिक क्षेत्र र नागरिक तहमा समेत एकताभाव देखिनु पर्छ ।

यस दु:खद एवं संवेदनशील क्षणमा एकताभावले नै आबश्यक शाहास अनि शक्ति पैदा गर्छ । बरालिएर, बिच्किएर एक अर्का माथी दोषारोपण गर्दैमा अनि उग्र नारा लगाई एक अर्का बिरुद्ध हिंसात्मक बन्दैमा समस्या सुल्झदैन, बरु थप बल्झिन्छ । र हेपाहा, मिचाहा छिमेकीलाई थप भुभाग कब्जा गर्न प्रोत्साहन मिल्दछ ।

त्यसैले बिन्ती छ, आपसमा नलडौ । ऋतिक रोशन काण्ड झै देश कै आन्तरिक बर्वादी ननिम्त्याउँ । इराकी नरसंहार काण्ड पछि झै देशकै सम्पत्ति नष्ट नगरौ । न त भारत विरुद्ध उग्र नारा लगाउँदै उडन्ते युद्धको हावादारी गफबाट हल हुन्छ ।

आजको युगमा पहिलो अनि महत्त्वपूर्ण बाटो नै प्रमाणका आधारमा कुटनैतिक संवाद नै हो ।यसैमा हामी सबैको हीत एवं कल्याण छ ।

जय देश, जय मातृभूमी !!

नेपालीको छातीमा नेपाली छाँया छ
नेपालीलाई नेपालको विछट्टै माया छ…
.

राजन विडारी
थाहा नगरपालिका, मकवानपुर ।
हाल: ललितपुर।