Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

दुर्घटनाबाट जीप चालकको मृत्यु

accident-new-1594533772.jpg

 रुपन्देहीको रुद्रपुरमा जीप दुर्घटना भएको छ । हरैयाबाट फायरलाइनतर्फ जाँदै गरेको बा १५ च ९३८९ नम्बरको जिप अनियन्त्रित भई सडक किनारको सालको रुखमा ठोक्किँदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा जीपका चालक तिलोत्तमा ११ शिवपुरका ३८ वर्षीय सुरज खड्का रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटना परी गम्भीर घाइते भएका खड्काको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएकोमा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा जीपमा सवार बुटवल १० का नवीन कुमार थापा, तिलोत्तमाका यमबहादुर राना, सन्दिप श्रेष्ठ र सुवास क्षेत्री रहेका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)