Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा र कैलाशमा जोखिममा परेका भूकम्पपीडितको घर पुनर्निर्माणले तिव्रता पायो

मकवानपुरमा २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पले घर क्षति भएपछि अहिलेसम्म पुननिर्माण गर्न नसकेका सामाजिक जोखिममा परेका परिवारहरुको घर पुनर्निर्माणले तिव्रता पाएको छ ।

एकल महिला, भिन्न क्षमता भएका, ज्येष्ठ नागरिक र बालबालिकाको नेतृत्व भएका परिवार तथा आर्थिक सामाजिक आधारमा सीमान्तकृत वर्गका भूकम्प पीडितको निजी आवास पुनर्निर्माणले तीव्रता पाएको हो । भूकम्प गएको साँढे ४ वर्ष वितिसक्दा पनि पीडितहरुको निजी आवास पुनर्निमाण हुन नसकेपछि अहिले सरकार जोखिममा रहेका पीडितहरुको पुनर्निर्माणमा केन्द्रित भएको देखिएको छ ।

मकवानपुरको थाहा नगरपालिका र कैलाश गाउँपालिकामा सरकारले उपलब्ध गराउने ३ लाख रुपैयामा ५० हजार रकम थपेर वेलायत सरकारको अन्तरराष्ट्रिय विकास विभाग–डिफिडले प्राक्टिकल एक्शन र सामुदायिक विकास केन्द्र नेपालसँग मिलेर जोखिममा परेका भूकम्पपीडितहरुको घर धमाधम पुनर्निमाण गरिरहेको छ ।

पीडितहरुकै सहभागितामा स्थानीय श्रोत र साधनको प्रयोग गरी ३ लाख ५० हजार रुपैयामा २ कोठाको घर निर्माण गरिरहेको प्राक्टिकल एक्शनका परियोजना व्यवस्थापक दत्त रावलले बताए । परियोजनाअन्तर्गत मकवानपुरमा एक सय ९१ जोखिममा परेकाहरुको घर पुननिर्माण गर्ने गरी काम शुरु गरिएकोमा हालसम्म एक सय वटा घर निर्माण सम्पन्न भएको छ भने सीमान्तकृत वर्गका पाँच सय २६ वटा घर पुनर्निर्माणको लक्ष्य राखिएकोमा दुई सय २० वटा घर पुनर्निर्माण भएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०