nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ । 

पर्यटकीय जोन भनेर महोत्सव मूल आयोजक थाहानगर उद्योग वाणिज्य संघले राखेको फोटो प्रदर्शनमिा आफुले खिचेका फोटोहरु बिना अनुमति र स्रोत समेत उल्लेख नगरी राखिएको भन्दै थाहा–३  का गणेश विष्टले विज्ञप्ती प्रकाशन गरी ध्यानाकर्षण भएको जनाएकाछन् । विष्टले केही वर्षदेखि आफू फोटोग्राफीमा लाग्दै आई थाहानगर लगायत आसपासका धार्मिक, पर्यटकीय तथा ऐतिहाँसिक फोटोहरु खिच्दै आइरहेको उल्लेख गरेका छन् । 

विष्टद्वारा हस्ताक्षरित विज्ञप्तीमा लेखेका छन्–‘कार्तिक १० गतेखि संचालन भइरहेको तेस्रो थाहा महोतसवमा पर्यटकीय जोनमा मैले खिचेको फोटोहरु देख्दा साह्रै खुशी लाग्यो, तर मैले खिचेका फोटोहरु बिना अनुमति प्रदर्शनीमा राखिएको छ । अनुमति बिना फोटोहरु प्रदर्शनमिा राखिनू कानून बमोजिम हो ? यो कुरामा मेरो आपत्ति छ यो घटनामा न्याय संवत् रुपमा न्याय दिलाइदिन सम्पूर्ण सरोकारहरुप्रति विनम्र अनुरोध गर्दछु ।’

हेर्नुहोस विज्ञप्ती :


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)