nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा फिल्म फेस्टिभलको कार्यक्रम तालिका सार्वजनिक, हरेक दिन फिल्म देखाइने, पैसा नलाग्ने

tff-1699634389.jpg

आयोजक थाहा कला केन्द्रले आगामी ९ मंसिरबाट हुने थाहा फिल्म फेस्टिभलको साताव्यापी कार्यक्रम तालिका सार्वजनिक गरेको छ । ६ वटा नेपाली कथानक चलचित्र र अरु लघु चलचित्र तथा डकुमेन्ट्री प्रदर्शन गर्नेगरी मिडिया पार्टनर थाहाटाइम्स डटकमबाट कार्यक्रम तालिका सार्वजनिक गरिएको हो ।  तालिकामा जनाइए अनुसार फेस्टिभलमा डेसान, ऐना झ्यालको पुतली, बुलबुल, राधा, प्रकाश र आमाखाण्डो सहित लघु चलचित्र तथा वृत्तचित्रहरु प्रदर्शन गरिनेछ । 

आयोजकका अनुसार निःशुल्क पास लिएर हलमा प्रवेश गर्न सकिनेछ । प्रदर्शनी जेसीज हलमा हुनेछ । तालिका अनुसार पहिलो दिन उद्घाटनसँगै थाहा नगरपालिकाको पर्यटनसँग सम्बन्धित डकुमेन्ट्री प्रदर्शन गरिनेछ भने अन्तिम दिन विशेष सम्मान समारोहसहित समापन हुनेछ । बाँकी ५ दिन विहान ११ बजेदेखि ५ बजेसम्म कथानक चलचित्र र लघु चलचित्र तथा वृत्तचित्रहरु प्रदर्शन गरिने तालिका बनाइएको छ ।

हरेक दिन शुरुमा नेपाली कथानक चलचित्र प्रदर्शन गरिनेछ भने त्यसपछि लघु चत्रचित्र र वृत्तचित्रहरु  प्रदर्शन गरिनेछ । छैठौं दिनमा शुरुमा र अन्त्यमा गरी दुईवटा कथानक चलचित्र प्रदर्शन हुनेछ । 
 

तालिका यस्तो रहेको छ :
पहिलो दिन ९ मंसिर 

  • ११ बजेदेखि ३ बजेसम्म समुद्घाटन कार्यक्रम
  • ३ः१५ बजेपछि थाहा वृत्तचित्र

दोस्रो दिन १० मंसिर

  • ११ बजेदेखि १ बजेसम्म बुलबुल
  • १ बजेदेखि ३ बजेसम्म जुनको, कन्फ्युजन, बेर ट्रिज इन द मिस्ट
  • ३ बजेपछि आइरन डिगर

तेस्रो दिन ११ मंसिर

  • ११ बजेदेखि १ बजेसम्म ऐना झ्यालको पुतली
  • १ बजेदेखि ३ बजेसम्म सेनाको चेली, युद्धका बाछिटा, कलम
  • ३ बजेपछि गुर्खा गर्ल, गड्स बफेलो, को–हज्ब्याण्ड 

चौंथो दिन १२ मंसिर

  • ११ बजेदेखि १ बजेसम्म प्रकाश
  • १ बजेदेखि ३ बजेसम्म जालगेडी, जुनुको जुत्ता, ह्वील्स अन द बस
  • ३ बजेपछि हेयर कट

पाँचौँ दिन १३ मंसिर

  • ११ बजेदेखि १ बजेसम्म आमाखाण्डो
  • १ बजेदेखि ३ बजेसम्म र्याटलिङ,  फ्यान, छोरा, डिभिनेशन
  • ३ बजेपछि म अलप हुन चाहन्छु

छैठौं दिन १४ मंसिर 

  • ११ बजेदेखि १ बजेसम्म द सेक्रेट्स अफ राधा, 
  • १ बजेदेखि ३ बजेसम्म दाद्या, मलामी
  • ३ बजेपछि डेसान

सातौँ दिन १५ मंसिर 

  • समापन कार्यक्रम ११ बजेदेखि ३ बजेसम्म 


https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)