Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरमा हिले जात्रा (हेर्नुहोस् फोटो फिचर)

मकवानपुरको पालुङमा वर्षेनी मनाइने हिले जात्रामा यसपटक स्कुले विद्यार्थीहरु पनि सहभागी भएका छन् ।

खेतबारी नजिकै भए पनि थाहा नगरका विद्यार्थीहरु बढ्दो शहरिकरणको प्रभावस्वरुप प्रकृति र परम्पराबाट टाढा हुँदै गएको अनुभव भएपपिछ स्थानीय न्यूभिजन पब्लिक एकेडेमीले आफ्ना विद्यार्थीहरुलाई समेत हिलेजात्रामा सहभागी गरयो ।

विद्यार्थीलाई हिले जात्रामा सहभागी गराउनुको अर्को कारण यहाँका किसानहरु अचेल तरकारी तथा अन्य नगदेबालीतर्फ आकर्षित भए, धान खेति हुन छोड्यो, त्यसैले उनीहरुलाई धान रोपाइँबारे जानकारी गराउनु पनि थियो । गाई जात्राको पर्सीपल्ट मनाइने हिलेजात्रामा खेतीपाती, देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको परम्परागत नृत्य, लाखे नाच, रोपाइँ अभिनय र प्रहसन हुन्छ ।

थाहा–२ को देउला वस्ती, थाहा–३ को गोपाली बस्ती लगायतका स्थानबाट निकालिएको हिलेजात्रा थाहा–३ को घट्टेचौरमा पुगेर एकीकृत भई विभिन्न कार्यक्रम गरिएको थियो । 

हेर्नुहोस् फोटोहरु: