Sunday, 11th April, 2021
वि.स.

थाहा नगरको विकासः सम्भावना र चुनौती
भिम बहादुर परियार

    नगरोन्मुख गाविसहरुलाई नगरपालिका बनाउने सन्दर्भमा जनतामा आशा र त्रास दुवै थियो । नगरपालिका घोषणा संगै सरकार र दातृ निकायको सहयोगको ओइरो लाग्ला र बाटो घाटो, खानेपानी, बत्ती, ढलको समुचित व्यवस्थापन होला भनेर एक थरी मानिस आशावादी देखिएका छन्, भने अर्का थरी मानिसहरु जो गरिब र कमजोर वर्गका छन्, विभिन्न खालका कर र शुल्क तिर्न नसकिएला कि भन्ने चिन्ताले ग्रस्त छन् । गाउ“ विकास समितिको प्रशासनिक क्रियाकलाप तथा प्रक्रिया अनुसार आफ्ना व्यवहार संचालन गर्दै आएका मानिसहरुले राख्ने अपेक्षा, सो पछि नगर र नगरसंग जोडिएका ऐन कानुन र प्रशासनिक प्रक्रिया तथा नगरपालिका प्रतिको बढ्दो जनअपेक्षालाई व्यवस्थापन गर्नु प्रमुख चुनौति छन् । साथै, घोषणा भएको केहि वर्षभित्रनै कुनै चमात्कारिक परिवर्तन गर्न सकिने पनि होइन र जुन रुपमा नगरोन्मुख गाउँ विकास समितिलाई समेटेर नगरपालिका घोषणा गरियो एकथरिले भनेको जस्तो सरकारले हचुवाको भरमा नगरपालिका घोषणा गरेका भन्ने आरोप सत्य पनि होइन । कुनै पनि क्षेत्रको विकासको लागि सम्भावना र चुनौति दुवै हुन्छन् । तसर्थ, चुनौतिहरुको सामना गर्दे सम्भावनाहरुको उजागर र सो सित सम्बन्धित विषयहरुको सकरात्मक भाव र इमान्दारिता सहितको लगनशिलताले मात्र विकासका मूलहरु फुटाउन सकिन्छ । हामीले देखेको विकास ठुला ठुला महल, चिल्ला बाटो, खानेपानी, ढल निकास मात्र पनि होइन । विकास आफैमा चेतना पनि हो । सबै वर्ग र समुदायको शसक्तिकरण पनि हो । तथर्स हामीले खोजेको विकास जुन सम्भावना भित्र लुकेको छ, जुन चुनौतिलाई हामीले सामना गर्नु छ, यि दुई विषय भित्रको तालमेलले मात्र हामी सफल हुन सक्दछौं । 

मकवापनुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविकको दामन, पालुड र बज्रवाराही गाविसहरुलाई समेटेर २०७१ साल वैशाख २५ गते घोषणा भएको नगरपालिका थाहा नगरपालिका हो । जनतालाई सुसुचित गरी राजनीतिक चेतना जागरणको अभियान चलाउनु हुने स्वः रुपचन्द्र विष्टको स्मरणमाा नामाकरण भएको थाहा नगरपालिकाको हरेक क्षेत्र समाथ्र्यवान छ । नगरक्षेत्र भित्रको दामन भ्यूटावर, आकर्षक पैदल मार्ग, ऐतिहासिक एवं पुरातात्विक धार्मिक स्थल, कृषिको पकेट क्षेत्र, आकर्षक दृश्यावलोकनको क्षेत्रहरु, जैविक विविधता शितोष्ण हावापानीका काराण आकर्षक पर्यटकीय नगरीको रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको देखिन्छ । नगरको प्रयाजसो सवै क्षेत्रमाा उर्वरभूमि रहनु विगत देखि नै तरकारी उत्पादनमाा अब्बल रहनु, वार्षिक झण्डै १ अर्ब रुपैया बराबरको तरकारी उत्पादन गर्नु जिल्लाको अन्य भागको तुलनामा आर्थिक अवस्था समेत सवल देखिन्छ । तरकारकी खेतिलाई स्वस्थ्यकर एवं व्यवसायिक बनाउन कृषि पद्धतिमा आधारित खेतिलाई प्रोत्साहन गर्दै थाहा उपत्यकालाई आर्गनिक एग्रो सिटिको रुपमा विकास गर्न सकिने अर्काे ठूलो सम्भावना छ । जिल्लाकै उत्तरी क्षेत्रको केन्द्रबिन्दुको रुपमा रहेको थाहा नगर विकासको सकरात्मक सम्भावना बोकेको उपयुक्त उपत्यका हो । 

विकासको सम्भावनाहरुः

  •   थाहा नगर भित्र रहेको उर्वर भुमि र कृषिको पकेट क्षेत्र । 
  •  तरकारी खेतिलाई स्वास्थ्यकर एवं व्यवसायिक बनाउन कृषि पद्धतिमा आधारित खेतिलाई प्रोत्साहन गर्दै थाहा उपत्यकालाई अर्गनिक एग्रो सिटिकोको रुपमाा विकास गर्न सकिने  ।
  •  पर्यटन र आर्गनिक कृषिको विकास गरी यस क्षेत्रलाई पर्यटन हवको रुपमा विकास गर्न सकिने । 
  •  छिमेकमा रहेको राजधानी काठमाण्डौं र नजिकको तराईका जिल्लाहरु लाई लक्षित गरि महाभारत श्रृखलाको  सबैभन्दा उच्च भागमा रहेको प्रख्यात सिमभञ्ज्याड क्षेत्रमा थाहा नगर उद्यान सहित पर्वतीय नगर सम्मेलन केन्द्र निर्माण   गर्न सकिने  । 
  • दामन भ्यूटावर नगरको स्वामित्वमा ल्याई थप स्तरउन्नतीे सहित संचालन, लालिगुराँस मार्ग, सुनगाभा मार्ग कोटथुम्की जस्ता पर्यटकिय क्षेत्रमा पर्यटन पुर्वाधारको विकास ।
  • प्रख्यात धार्मिक स्थलहरु ऋषेश्वर महादेव, पाण्डुकेश्र मन्दिर, गोरखनाथ मन्दिर, बज्रवाराही मन्दिर लगायतको क्षेत्रहरुमा थप पुर्वाधार र संरक्षण सम्बद्र्धन । 
  • जैविक विविधता संरक्षण तथा विकास गरि अल्लो धसिंङगरे, लौठसल्ला जस्ता जडिबुटिको खेति प्रवद्र्धन गरि जडिबुटि उद्योगको स्थापना गर्न सकिने । 
  • शितभण्डारको स्थापना गरि यस क्षेत्रलाई विशेष गरि आलुको बीउ केन्द्रको रुपमा विकास गर्न सकिने । 
  • पर्यटन पूर्वाधार विकास र ज्यmभ कतबथ, ज्यतभ िःबलबनझभलत र ज्यकउष्तबष्तिथ mबलबनझभलत संग सम्बन्धित शिक्षा प्रदान र रोजगारीसंग जोड््ने कार्य । 
  • सामुदायिक अध्ययन केन्द्रमार्फत आयआर्जनका लागि छाटोे अवधिको सीपमूलक कार्यक्रम सञ्चालन ।
  • प्राकिृतिक क्षेत्रिय रंगशालाको स्थापनाको लागि डिपिआर सहित कार्य अगाडी बढाउने । 
  • प्याराग्लाईडिङको सुरुवात गरि पर्यटन प्रवद्र्धन गर्न सकिने । 
  • व्यवस्थित वस्ति विकास कार्यक्रम संचालन गरि राजधानीको विकल्प बसोबास योग्य स्थलको रुपमा विकास गर्न सकिने
  • कृषि क्षेत्रको आधाुनिकीकरणको लागि छोटो अवधिका कृषि र पशु विषयका प्राविधिक शिक्षाको शुरुवात गर्ने ।

चुनौतिहरु 

  •  नगरपालिका घोषणासंगै बढेको जनअपेक्षा व्यवस्थापन गर्नु,
  • भौगोलिक विकटताको कारण समानुपातिक विकास गर्नु,
  • खाली र खुल्ला स्थानको अभावको कारणबाट फोहोरमैला व्यवस्थापनमा कठिनाइ, 
  • विकास प्रकृयामा सवै वर्ग, क्षेत्र,जात जाति र समुदायको समान सहभागीता गराउनु पर्ने,
  • विगत गाउविकास समिति हुँदा अवलम्वन गरिएको कार्य प्रक्रिया सुधार गरि साना र टुक्रे योजनाहरुको कटौति गरि ठुला र प्रतिफल दिने खालको योजनाहरुमा लगानी वृद्धि गर्नु पर्ने,
  • विकास प्रक्रियालाई उपलब्धी मुलक, गुणस्तरयुक्त बनाउने 
  • दीगो तथा व्यवस्थित विकासका लागि आवसिय, कृषि, औद्योगिक, व्यापारिक र शैक्षिक क्षेत्रहरुको किटानी,
  •  लगनी भएका योजना तथा आयोजनाको संरक्षण, संवद्र्धन र मर्मत सम्भार प्रक्रियामाा जनताको स्वामित्व र अपनत्वको भावना सृजना गर्नु, 
  • ग्रामीण वस्तीका वडाहरुमा न्यूनतम पुर्वाधार पु¥याउनु पर्ने ,
  • गुणस्तरयुक्त, सर्वसुलभ र पहुँच योग्य शिक्षा सबै वर्ग र समुदायमा पुर्याउनु पर्ने,
  • सबै वडाहरुमा नगरले प्रदान गर्ने सार्वजनिक सेवा उपलब्ध गराउनु पर्ने, 
  • बढ्दो जनअपेक्षा अनुसार मौजुदा सार्वजनिक सेवामा बढोत्तरी गर्नु पर्ने ,
  • योजना आयोजना कार्यन्वयन गर्ने निकाय र अनुगमन गर्ने निकायको क्षमता अभिवृद्धि गर्नु पर्ने,
  • विद्यमान जनशक्तिको क्षमता अभिवृद्धि गरि सेवाको पहुच र गुणस्तरमा अभिवृद्धि गर्नु पर्ने,
  •  जनअपेक्षा अनुसारको लगानी वृद्धि, केन्द्रिय अनुदान र स्थानीय आन्तरिक अयाको वृद्धि गर्नु पर्ने,

अबको बाटो 
भर्खरमात्र घोषण भै संचालनमा रहेको नगरपालिका, सिमित श्रोत साधनबाट संचालन भएको नगरपालिकाप्रति जनताको जनअपेक्षा बढ्नु स्वभाविक नै हो । घोषणा भएकै दिन र सो पछिका केहि वर्षमै चामत्कारिक परिवर्तन जनताले महशुस गर्न सक्दैन । र, यसका लागि ठुला ठुला सपना बाँढ्नु पनि त्यति उपयुक्त हुदैन । विकास प्रक्रियामा ठुला सपना देख्नु भन्दा पहिले हिजोको गाविसको कार्य पद्धिबाट विस्तारै परिवर्तन मुखी हुदै, विकास प्रक्रियालाई एउट व्यवस्थित पद्धतिमा लैजानु, भएका श्रोत साधनको अधिकत उपयोग गर्नु, सकरात्मक भावनाले थाहा नगरको विकासको सम्भावनाहरुको खोजी गर्नु पर्छ । त्यसका लागि न्यूनतम रुपमा आधारभूत निम्न प्रक्रियाको अवलम्बन गर्नु अहिलो पहिलो प्राथमिकता हो । 

१. सडकको अधिकार क्षेत्र (राइट अफ वे) निर्धारण गरेर मात्र भएका सडकहरुको स्तरउन्नती, ग्रामीण वडाहरुमा पहुँच विस्तार बढाउन र     शहरी वडामा व्यवस्थित वस्ती विकास गर्न सडक संजालको खाका तयार गरी प्रत्येक वडाको क्षेत्राधिकार निर्धारण गर्ने  ।
२. भवन निर्माण मापदण्ड तयार गरि लागू गर्ने: भुकम्पपछिको पुननिर्माण कार्यलाई थप व्यवस्थित वनाउन र वस्ती विकास कार्यलाई थप     प्रभावकारी बनाउनको लागि पनि भवन निर्माण मपदण्डलाई कडाईका साथ लागू गर्ने । 
३.सार्वजनिक जग्गाको संरक्षण: नगरको क्षेत्राधिकार भित्र रहेको सार्वजनिक तथा ऐलानी जग्गाहरुको लगत तयार गरि तिनलाई प्लटिड,         कित्ताकाट, नामसारी हुनबाट तत्काल रोक्न आवश्यक छ । 
४.पर्यटकीय नगरको पहिचान कायम गरि पहिचान अनुसारको पुर्वाधार र विकास निर्माण प्रक्रियालाई  पहिचान अनुसार निर्देशित गर्ने । 
५.घर परिवारको लगत तथा व्यापार व्यवसायको लगत तयार गरि सोहि अनुसार आन्तरिक आयको प्रक्षेपण र एकिकृत सम्पत्तीकर, सेवा      शुल्क, व्यवसाय कर संकलन लाई व्यवस्थित बनाउने ।
७. निजी क्षेत्र संगको सहकार्यमा फोहोर मैला व्यवस्थापन कार्य अगाडी बढाउने । 
८. आफ्नो नगर क्षेत्र भित्र कार्यरत नेपाल सरकारका निकाय र गैर सरकारी निकायसंग प्रभावकारी समन्वय र सहकार्य गरि नगर               विकासमा एकद्वार प्रणाली कायम गर्ने । विकासमा मगउष्अिबतष्यल को अन्त्य गर्ने । 
९. नगरस्तरको विभिन्न ठूला आयोजना संचालन गर्नु पूर्व विस्तृत परियोजना प्रतिवेदन तयारी पश्चात मात्र कार्य संचालन प्रक्रियालार्य            अनिवार्य गराउने । 
१०. नगर गूरुयोजना तयार गर्ने, र सोहि गूरुयोजना अनुरुप थाहा नगर पर्यटन गूरुयोजना, यातायात गूरुयोजना, नगर शैक्षिक योजना र        नगर स्वास्थ्य योजना समेत तयार गरि लागू गर्दै जाने र सोहि अनुसार परिषद्मा बजेटको व्यवस्थापनमा जोड दिने । 
११. नगर प्रोफाइको आधारमा आवधिक योजना तयार गरि लागू गर्ने  । 
१२. विकास बजेटलाई दामासाही हिसाबले वडामा बाड्ने प्रवृत्तिको अन्त्य, अत्यन्त साना र अनुउत्पादक कम गुणस्तर र टिकाउ नहुने          प्रकृतिको काममा बजेट कटौती गरि  साझा रुपमा उपयोग हुने पुर्वाधारमा लगानी वृद्धि, नगरस्तरिय र वडास्तरीय कार्यक्रमको              वर्गीकरण गरी बजेटको विनियोजन गर्ने । 
१३. नगरको समग्र विकास निर्माणका लागि आवश्यक पर्ने जग्गा नगरपालिकाको पहुँच बाहिर रहेकोले तत्काल त्यस्ता जग्गाको स्वामित्व        तथा भोकाधिकार नगरको मातहत ल्याउन पहल गर्ने । 
१४. आवधिक योजनाको आधारमा भवन निर्माण मापदण्ड, राष्ट्रिय भवन संहिता, भू–उपयोग नीति तर्जूृमा गरि लागू गर्ने र नक्सा पास           योजनालाई राजस्व संकलन र भवन दर्ता गर्ने कार्यमा मात्र सिमति नराखी नगरको भौतिक स्वरुप कायम गर्न र नगरवासीको स्वास्थ्य        र सुख सुविधाको लागि नक्सा पास प्रकृयालाई उन्मुख गराउने । 
१५. आधारभूत सामाजिक सेवा अन्तगत सडक, पुल, ढल निकास, पिउने पानी, सार्वजनिक शौचालयलाई व्यवस्थित गर्न योजना तयार            गर्ने । 
१६. नगरको आन्तरिक आय वृद्धिका लागि शुल्क लिए वापत दिन सकिने सहरी पुर्वाधारका सेवाहरु व्यापार केन्द्रहरु, बस बिसौनी,             सार्वजनिक पार्क, सार्वजनिक गोदाम घर निर्माण कार्यको सभाव्यता अध्ययन गर्ने ।
१७. नगर सुचना केन्द्रको क्षमता विकास गरि नगर क्षेत्रभित्रका आधारभुत कुराहरु जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई                     विषयहरुको तथ्याक संकलन तथा अद्यावधिक गरि सो मा आधारित भै योजना छनौट तथा कार्यान्वयन प्रक्रियाको अवलम्बन गर्ने । 

निष्कर्ष:
लामो समय जनप्रतिनिधि बिहिन रहेको र अबको केहि समय जनप्रतिनिधि बिहिन अवस्थामा कर्मचारीबाट नगरपालिका संचालन गर्नुपर्ने अवस्था छ । यसका लागि न्यूनतम कर्मचारी, उपकरण, कार्यक्रम र योजनाहरुको व्यवस्थापन केन्द्रिय निकायबाट र स्थानीय स्तरबाट आन्तरिक आयको वृद्धि, स्थानीय सरकारी तथा गैर सरकारी संस्थाहरुसंगको समन्वय र सहकार्यबाट भएका श्रोत र साधनको अधिकतम उपयोग गरि एउटा निश्चित पद्धतिमा नगरलाई ढाल्न सकेमा यस क्षेत्रको विकासले छिटो फड्को मार्नेमा कुनै दुईमत नहोला । 

(लेेखक थाहा नगरपालिका कार्यालयका कार्यकारी अधिकृत हुन्)