nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–२ का कृषकलाई २८ लाख बराबरको कृषि सामग्री वितरण

1673336780250-1673337327.jpg

कृषिमा यान्त्रीकरण गरी लागतको तुलनामा उत्पादन बढाउन थाहा नगरपालिकाको कृषि विकास शाखा, वडा कार्यालय र कृषि विकास समूहसँगको सहकार्यमा २८ लाख रुपियाँ बराबरको कृषि सामग्री प्रदान गरिएको छ ।

थाहा नगरपालिकाको वडा नं. २ कार्यालय र जनता कृषक समूहसँग सहकार्य गरी ५० प्रतिशत अनुदानमा मिनी टिलर, स्प्रेयर, हिल ट्याङ्क, पानी तान्ने पम्प, युभी प्लाष्टिकलगायत सामग्री वितरण गरिएको हो । २ नं. वडा कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा ४८ वटा मिनिटिलर, २५ वटा स्प्रेयर, २९ वटा पानी तान्ने मोटर, १६ वटा हिल ट्याङ्क र १०० मिटर युभी प्लाष्टिक वितरण गरिएको थाहा नगरपालिका कृषि विकास शाखा प्रमुख संजय तिवारीले जानकारी दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नयाँ तरकारी बाली पकेट विकास कार्यक्रमअन्तर्गत् कृषि सामग्री वितरण गरिएको हो । सोका लागि कृषि विकास शाखाले रु. १२ लाख विनियोजन गरेको थियो भने ५० प्रतिशत अनुदानअन्तर्गत् कृषकहरुले त्यति नै रकम लगानी गरेका छन् । त्यस्तै कृषि विकास शाखाको कोटाभन्दा बढी माग भएका कारण वडा कार्यालयले समेत करिब रु. २ लाख खर्च गरेको वडा अध्यक्ष बमबहादुर सिन्तानले जानकारी दिए ।

थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टको प्रमुख आतिथ्यतामा कृषि सामग्री वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले थाहा नगरलाई कृषिमा आत्म निर्भर बनाउन व्यवसायिक कृषि कर्मको विकल्प नरहेको बताए । उनले नगरपालिका कृषि क्षेत्रमा लगानी गर्न कुनै कसर बाँकी नराख्ने भन्दै कृषिमा गरिएको लगानीको सदुपयोग गर्न कृषकहरुलाई आग्रह गरे ।

कार्यक्रममा कृषि विकास शाखा प्रमुख तिवारी, नगरपालिकाको आर्थिक विकास समिति संयोजक हेरमान गोपाली, वडा सदस्य युवराज विष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम  २ नम्बर वडा अध्यक्ष तथा जनता कृषक समूहका अध्यक्ष बमबहादुर सिन्तानको अध्यक्षतामा सम्पन्न भएको थियो ।  
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)