nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

"थाहा"मा सामाजिक सुरक्षा भत्ता बैंङ्किङ प्रणालीबाट

थाहा नगरपालिकाले चालु आर्थिक बर्षदेखि ब्यक्तिगत खाताबाट मात्रै सामाजिक सुरक्षाभत्ता बितरण गर्न तयारी थालेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७३/०७४ को नीति तथा कार्यक्रम अनुसार सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकहरुमा खाता खोल्न अनिवार्य गरेको हो । थाहा नगरपालिकाले यस अघि सम्म ज्येष्ठ नागरिक, विधुवा भत्ता, पूर्ण तथा आंशिक अपाङ्क, बाल सुरक्षा लगायतको भत्ता सिधै संयुक्त वडा कार्यालयबाट नगदै दिदै आएको थियो । 
बैङ्किङ प्रणाली अनुरुप सामाजिक सुरक्षा भत्ता वितरण गर्न नगरपालिक कार्यालयले साविक दामन गाविकका सेवा ग्राहीहरुका लागि कृषि विकास बैंक, साविक पालुङ गाविसका लागि यति डेभलोप्मेन्ट बैक र साविक बज्रवाराही गाविसका लागि अल्पाइन डेभलोप्मेन्ट बैंकसंग सम्झौता गरी सकेको नगरपालिकाका कार्यकारी अधिकृत भीम परियारले बताए । उनले भने ‘सेवाग्राहीले चाड्ैनै खाता खोलिएमा तिहार अघि नै सम्वन्धित खातामा सामाजिक सुरक्षा भत्ता दाखिला गर्नेछौं’ । सेवाग्राहीहरुले बैंकका खाता खोल्नका लागि आफ्नो नागरिकता प्रमाण पत्रको प्रतिलिपि, इच्छाइएको व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, लाभग्राही प्रमाण पत्रको प्रतिलिपि र तीन प्रति पासपोर्ट साइजको फोटो आवश्यक रहेको सूचना प्रमुख सुरजकुमार भुजेलले बताए । 
प्रत्येक वर्षको दसैमा वितरण गर्ने गरेको भत्ता यस वर्ष बैङ्किङ प्रणालीमा जानुपर्ने सरकारी निर्णय अनुरुप सबै व्यवस्था नमिलेको कारण वितरण गर्न नसकेको परियारले बताए । बैंकिङ प्रणाली मार्फत वितरण गर्दा पारदर्शिता हुने, अनियमितताको अन्त्य हुने र सम्बन्धित ब्यक्तिले मात्र लाभ लिन सक्ने अपेक्षा गरिएको छ । थाहा नगरपालिकाबाट यस आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न शीर्षको भत्ता लिने लाभग्राहीको संख्या  एक जार पाँ सय पैत्तीस रहेको छ ।  नेपाल सरकारबाट गत आव भन्दा चाल आवमा सामाजिक सुरक्षा भत्ता दोब्बर गरेको छ ।

-जर्म श्रेष्ठ