Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा आत्महत्याको संख्या बढ्दो, बैशाख यता १०ले गरे आत्महत्या

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आत्महत्या विकराल समस्या वन्दै गएको छ । इलाका प्रहरी कार्यालयका अनुसार वि.स. २०७५ सालको बैशाख यता मात्र १० जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको छ । १६ देखि ४० वर्ष सम्मका उमेर समुहका मानिसहरुले आत्महत्या गरेको भए पनि आत्महत्या गर्ने मुख्य उमेर समूहमा १६ देखि २५ वर्षको उमेर समूहमा पर्नेहरु बढी मात्रामा रहेका छन् । हालसम्म ६ जना महिला र ४ जना पुरुषले आत्महत्या गरेका छन् । जसमा आर्थिक वर्ष देखि अर्थात साउन देखि भाद्र १४ गते सम्म मात्र ४ जना महिला र २ जना पुरुषले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । आर्थिक वर्ष सुरु भएको ४५ दिनको अवधिमा नै ६ जनाले आत्महत्या गर्नु निकै गम्भिर विषय रहेको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर धुर्व सिलवालले बताए ।
मानसिक नताव, प्रेममा धोका, परिवारीक कलह, धुम्रपान लगायतका कारण आत्महत्या गर्नेको संख्यमा वृद्धि भएको सरोकारबालाहरुले बताए पनि मुद्दा दर्ता भएका मध्येमा आत्महत्याको मुख्य कारण भने पत्ता नलागिसकेको इलाका प्रहरी कार्यालयले बताए । गत आर्थिक वर्षमा आत्महत्याको मुद्दा आउँदा सुसाइड नोट लेखेको पाइने भए पनि नयाँ आर्थिक वर्षमा सुसाइड नोट लेखिएको नपाइएको कारण आत्महत्याको कारण पत्ता लाग्न नसकेको कार्यालयले जनाए ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।