Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर विसिंखेलका पुरुषलाई कोरोना पुष्टि

corona-update-t-1594221205.jpg

मकवानपुरको थाहानगरका एकजनामा कोरोना पुष्टि भएको छ । हेटौंडा–४ कर्रामा रहेको आइसोलेसनका प्रमुख भोला चौलागाईले दिएको जानकारी अनुसार मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० बिसिङखेलका ३३ बर्षीय एक पुरूषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनि केही दिन अघि साउदी अरबबाट नेपाल आएका थिए ।

हेटौँडा –१०मा रहेको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षण गर्दा  कोरोना संक्रमण पुष्टि भएको चौलागाईले बताएका छन ।

उनि काठमाडौं बसुन्धरामा रहेको पानस हेटोलमा रहेको होल्डिङ सेन्टरमा बसेर थाहानगर आएका थिए । उनलाई  हेटौंडामा रहेको आइसोलेसन ल्याउने तयारी भइरहेको  जनाइएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)