nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर कृषि शाखाः ‘सलहलाई पत्याइएन, धान दिवस मनाइएन’ 

मकवानपुरको बकैया र मकवानपुरगढीमा देखिएको सलह किरा थाहा नगरपालिका क्षेत्रमा पनि देखिएको छ ।  

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ तथा वडा नम्बर २ का क्षेत्रमा थोरै संख्यामा सलह देखिएको किसानहरुले बताएका छन् । थाहा नगरपालिका क्षेत्रमा सलह आएको कृषक तारा सिन्तानले बताए । सिन्तानले फेसबुकमा सलह किराले क्षति पु¥याउन थालेको फोटो पोष्ट गर्दै भनेका छन–‘नेपालका विज्ञहरुलले पुर्वानुमान गर्नु भन्दा टिन, ड्रमसेट ढ्याङ्ग्रो ठटाउन थाले हुन्छ ।’

थाहा नगरपालिकाका कृषि  शाखा प्रमुख संजय तिवारी थाहानगरमा सलहले क्षति पु¥याउन थालेको पत्याउँदै पत्याउँदैनन् । कृषकलाई सचेत पार्नुको साटो उनी भन्छन्–‘विषादी पसलेहरुलाई विष तयारी अवस्थामा राख्नू ।’ थाहानगरमा सलह नियन्त्रणका लागि तयारी अवस्थामा रहेको तिवारी बताउँछन् । 

यसैबीच ‘थाहानगरको विकासको आधार, कृषिपर्यटन र पूर्वाधार’ थाहा बोकेको नगरपालिकाले धान दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम नगरेको कृषि शाखाले जनाएको छ । शाखा प्रमुख तिवारीका अनुसार–धानखेती खासै नगरिने भएकोले यहाँ यो दिवस मनाइएन । सिंगो मुलुकले दिवसलाई मनाइरहँदा कृषिको हब मानिएको थाहानगरमा दिवस नमनाउनु हाँस्सयापद भएको कृषकहरु टिप्पणी गर्छन् । त्यसोतः नगरपालिकाको कृषि शाखाले धानको बिउँ समेत यस अघिका वर्षहरुमा बाँढ्दै आएको थियो । 

थाहा नगरपालिकाको चित्लाङ, बज्रवाराही र आग्रा क्षेत्रमा धान रोपाई गरिदै आएको छ । 
 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।