nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर उद्योग वाणिज्य संघद्वारा प्रदर्शन

TNCCC-1594379313.jpg

कारोना भाइरस (कोभिड १९) का कारण व्यवसायीहरु धरासायीमा परेको भन्दै थाहानगर उद्योग वाणिज्य संघले २६ असारमा ¥याली मार्फत् बैंक तथा वित्तीय संस्थाहरुको ध्यानाकर्षण गराएको छ । 

प्लेकार्ड सहित थाहानगर उद्योग वाणिज्य संघको कार्यालयबाट सुरु भएको ¥याली शिखरकोटस्थित कृष्ण मन्दिरमा पुगेर कोण सभामा परिणत भएको थियो । ¥यालीमा ‘संकटको समयको माग—एकअर्काप्रति मैत्रीपूर्ण व्यवहार’, जीवन रहे आर्थिक दायित्व व्यहोरौंला ।, आत्महत्याको लागि दबाव दिन पाइदैन ।, व्यवसायीले आत्महत्या गर्ने दिन नआओस्, व्याज किस्ताको दवाब—बैंकको अव्यवहारिक प्रयास, सहज भएपछी आफै तिर्न आउछांै — फोन चिठीपत्रको कष्ट नगरौं, लकडाउन शुन्य समय हो—बैंक व्याज माग्न पाइदैन, व्यवसाय संरक्षणको अधिकार सुनिश्चित गर, बैंकको एकाधिकार बन्द गर, मसान्तमा आइदैन—व्यवसायी मार्न पाइदैन’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए । 

¥यालीसहितको कोणसभामा संघका अध्यक्ष कविराज खत्रीले व्यवसायीहरुले कारोना भाइरस र लकडाउनले व्यवसायमा पारेको असरका बारेमा स्पष्ट पारेका थिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)