Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमै पशु विज्ञान र हाइड्रोपावर इन्जिनियरिङ अध्यापनका लागि निर्णय पेश

tHAHA-1594782995.jpg

मकवानपुर थाहा नगरपालिकामा डिप्लोमा इन एग्रिकल्चर (पशु विज्ञान) र डिप्लोमा इन हाइड्रोपावर इन्जिनियरिङ अध्यापनको पहल भएको छ । 

थाहा बहुप्राविधिक शिक्षालय चित्लाङ संचालन समितिको बैठकले थाहा नगरपालिकामा यि दुई विषय अध्यापनको लागि शिक्षालयको केन्द्रिय कार्यालयलाई कार्यार्थ सिफारिस गरेको हो । थाहा बहुप्राविधिक शिक्षालय चित्लाङ संचालन समितिका अध्यक्ष तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालको अध्यक्षतामा ३० असारमा बसेको बैठकले सिफारिस गरेको हो । शिक्षालयको पञ्चवर्षे रणनीतिक योजना अनुसार नगरमा दुई विषयको अध्यापन कार्यक्रम संचालन गर्नुपर्ने भएकोले केन्द्रिय कार्यालयमा कार्यार्थ पेश गर्ने निर्णय गरिएको थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 

बैठकले शिक्षालयमा वस्तु तथा सेवा इकाइ गठन गर्ने पनि निर्णय गरेको छ । यसको जिम्मेवारी शिक्षालय प्रमुख प्रदिपराज बसौलालाइ्र्र दिने बैठकको निर्णय छ । यसको कार्यविधि निर्माण प्रक्रियामा गैसकेको प्रमुख बसौलाले जानकारी दिए । र्बैठकमा संचालन समितिका पदाअधिकारीहरु, थाहानगर प्रमुख लवशेर विष्ट, प्राविधिक शिक्षा तथा तालिम परिषदका बागमती प्रदेश उपनिर्देशक श्रीधर नेपाल, वन वित्रान संयोजक रविन थापा लगायतकाको सहभागिता रहेको थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)