Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमै भेटिए डेंगुका विरामी ! (पढ्नुहोस् बच्ने उपाय) 

मकवानपुर थाहा नगरपालिकामा पनि डेंगुको विरामी पाइएको छ । 

थाहानगरको एक विरामीमा डेंगु भएको प्रमाणित भएको राष्ट्रिय स्वास्थ्य प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका अनुसार थाहानगर जस्तो चिसो ठाउँको विरामी पनि डेंगु भएको पाइएको छ ।

थाहानगरमा पनि डेंगुको विरामी भेटिएपछि नगरले नगरबासीलाई सचेत हुन आग्रह गरेको छ । नगरपालिका स्वासथ्य शाखाको आयोजनामा सचेतनामुलक कार्यक्रम थालिएको स्वासथ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । नगरपालिकाले डेंगुबाट बच्ननको लागि संचार माध्यमहरबाट सचेतनामुलक सन्देश प्रवाह गरिएको संयोजक बलामीले बताए ।

डेंगुबाट कसरी बच्ने ?

हाल डेंगीको प्रकोप मुलुकका विभिन्न स्थानमा फैलिएको छ । डेंगु एडिज एजेप्टाइ नामक लामखुट्टेको टोकाइबाट हुने तीव्र भाइरल संक्रमण हो ।

लोकभाषामा यसलाई हाडतोड ज्वरो भनिन्छ । यो रोगबाट ग्रसित भएका बेला ज्वरोको तापक्रम अत्यन्त बढी हुने भएकाले शरीरको नसा तातेर नसा फुट्न गई रक्तश्राव हुन्छ । त्यस्तो अवस्थालाई डेंगु हेमोरेजिक फिभर भनिन्छ ।

यो अत्यन्त गम्भीर रोग भएकाले ग्रसित व्यक्तिको ज्यानै जाने सम्भावना पनि हुन सक्छ । यो विषाणुजनक भाइरस एकबाट अर्काेमा अत्यन्त छिटो सर्न सक्छ । लामखुट्टे यस रोगको जीवाणु संवाहक भएकाले प्रायजसो गर्मी तथा वषर्ातको मौसममा यो रोगले सताउँछ । यसबाट ग्रसित व्यक्तिको शरीरको रगत क्लटिङ -जम्न) प्रक्रिया अव्यवस्थित हुने हुन्छ । मुख्यतः दिउँसो टोक्ने संक्रमित एडिज लामखुट्टेले टोक्दा यो रोगको संक्रमण ३ देखि १४ दिनमा मात्र देखिन्छ ।

सबै उमेरका मानिसलाई यो रोग लाग्न सक्छ । यो रोगबाट ग्रसित व्यक्तिको शरीरको मांसपेशी र हाडजोर्नी असह्य दुख्ने भएकाले यसलाई हाडतोड ज्वरो भनिन्छ ।

लक्षणहरू: अकस्मात् चिसोको अनुभूतिका साथ शरीरमा कम्पन उत्पन्न हुने, ज्वरोको तापक्रम १०२-१०५ फरेनहाइटसम्म पुग्ने, टाउको, आँखा वरिपरि, ढाड तथा शरीरका सबै मांसपेशीका साथै हाडजोर्नी असह्य दुख्ने, छटपटी लाग्ने, रिंगटा लाग्ने, भोक नलाग्ने, अनिद्रा हुने, कमजोरीका साथ शरीरमा शिथिलता उत्पन्न हुने, छालामा रातो फोका देखा पर्ने र क्रमशः आफैं हराउने, कब्जियत हुने तथा नाक र आन्द्राबाट रक्तस्राब हुने आदि ।

जटिलता : यथासमयमा रोग लाग्नबाट बच्ने उपाय तथा रोग लागिसकेपछि उचित उपचार नगरिएमा निमोनियाँ, आइराइटिस -आँखाको आइरिस अंगको सुजन), अर्काइटिस
-पुरुषको अण्डकोष सुन्निनु), ओफोराइटिस -महिलाको डिम्बाणु सुन्निनु), रक्तअल्पता, डिप्रेसन
-मानसिक तनाव) आदि हुन्छ ।

रोकथाम : घर वरिपरिको वातावरण सफा राख्ने, झ्यासझुस हटाउने, घर छेउछाउका नाला, खाल्डा आदिमा पानी तथा फोहरमैला जम्मा हुन नदिने, सुत्ने बेलामा झुल प्रयोग गर्ने, लामखुट्टेको वृद्धि रोक्नका लागि कीटाणुनाशक औषधि छर्कने, साँझबिहान लामखुट्टे अत्यन्त चनाखो हुने हुनाले उक्त समयमा घरको झ्यालढोका बन्द राख्ने, पूरा बाहुला भएको लुगा लगाउने, शरीरको खुला अंगमा तोरीको तेल लगाउने, रोगविरुद्ध भ्याक्सिन लिने, सीमावर्ती क्षेत्रमा डेंगुको जोखिम उच्चस्तरमा रहने भएकाले आवतजावत गर्ने शंकास्पद व्यक्तिका लागि रोग परीक्षण तथा औषधोपचारको व्यवस्था मिलाउने ।
स्मरणीय छ खानेपानीको ट्याङ्की, जमेको पानी, फालिएको टायर, ट्युब, गमला, खाली बोतल र मिनरल वाटरका खाली बोतलमा समेत डेंगु सार्ने एडिज एजेप्टाइ जातको लामखुट्टेले बास गरेको पाइन्छ । यसबाट पनि सतर्कता अपनाउनुपर्छ ।

उपचार : उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय अपनाउनु निकै प्रभावकारी हुन्छ । असह्य दुखाइका लागि स्वेच्छाले औषधि प्रयोग नगरी चिकित्सकको परामर्शमा प्रयोग गर्नुपर्छ किनकि एस्पि्रनको प्रयोगले कतिपय रोगीको आन्द्राबाट रक्तस्रावजस्ता जटिलता हुने सम्भावना हुन्छ ।
ज्वरोको तापक्रम ज्यादा बढेमा चिसोपानीले समस्त शरीरलाई स्पोन्ज गर्ने, जलवियोजनका लागि जीवनजल वा नुन-चिनी-पानी प्रयोग गर्ने, झोलिलो खाना प्रशस्त खाने, रक्तस्राव बढी भएमा चिकित्सकको सल्लाहमा रक्तप्रत्यारोपण गर्ने, रोगका लक्षण देखा पर्नासाथ नजिकका अस्पताल वा स्वास्थ्यचौकीमा औषधोपचारका लागि जाने ।

थाहा नगरपालिकाको सन्देश