nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा समय नपुग्दै काउली फुल्यो, कृषि संयोजक बेखबर

मकवानपुर थाहा नगरपालिकाका किसानहरुले रोपेको काउली समय नपुग्दै फुल्न थालेपछि चिन्तित भएका छन् । थाहा नगरपालिकाको वडा नम्बर ३ का किसानले लगाएको रमी र ह्वाइट टप जातको काउली फुल्न थालेको हो । किसानले रोपेको बेर्नाको गुबो पलाउनु पर्नेमा काउली फल्न थालेको हो । 

थाहा–३ का कृषक लक्ष्मण विष्टले रोपेको काउली एक महिनामै फुल्न थालेको बताए । विष्टले ५ हजार काउलीको बेर्ना रोपेकोमा डेढमहिनामै काउली फुलेको छ । ‘सामान्यतया हरियो फिराउन एक पल्ट तथा पछि कुखुराको र अर्को एकपल्ट रासायनिक मल हालेसी उत्पादन हुन्थ्यो अहिले शुरुमै फुल्यो कृषिक विष्टले भने–‘काउलीको विउ राखेको एक महिनामा काउली फुल्न थाल्यो, मौसम हो कि बिउको दोष ?’ ५ हजार काउलीको बेर्ना यसरी बिग्रदा करिब २ लाख क्षति ब्यहोर्नु परेको कृषक विष्टले दुखेसो व्यक्त गरे । रमी काउली ९० दिनमा उत्पादन दिन्छ तर अहिले डेढ महिनामै फुलेको छ । 

थाहा–३ कै कृषक विशाल खड्काले रोपेको काउली पनि समय नपुग्दै फुल्न थालेको बताए । यसबाट निकै क्षति व्यहोर्नु पनरेको उनको भनाइ छ । थाहा–३ कै हरेराम उपाध्याय, भुङ्दलका लक्ष्मण विष्टलगायतका किसानले लगाएको काउली पनि समय नपुग्दै फुलेको छ । लकडाउनका बेला कृषकले उत्पादन गरेको तरकारी नबिकिरहेको बेला पछि उत्पादन दिने गरी रोपेको काउली फुल्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।

कृषकको यो समस्याको विषयमा थाहा नगरपालिका कृषि विकास शाखा बेखबर छ । थाहा नगरपालिकाका कृषि शाखा संयोजक संजय तिवारी अहिलेसम्म कृषककोे समस्याको विषयमा जानकारी नै नभएको बताउँछन् । उनी फेसबुक हेरेर बसेका छन् । उनले भने–‘मैले पनि फेसबुकमा देखे ।’ ‘मैले गर्ने केही गर्ने होइन, मेयर उपमेयरसंग छलफल गर्छु ।’ फेसबुक हेरेर बसेका कृषि संयोजक तिवारी अहिले आफ्नो कार्य क्षेत्रमा छैनन् । 

 

 


 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।