Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा विकासमा महिला सक्रियता शंखमूल त्रिवेणी नारदतीर्थ दिव्यधाम निर्माण समितिमा सबै महिला

मकवानपुर थाहा नगरपालिकाको विकास कार्यमा महिलाहरु अग्रसर हुन थालेका छन् । नगरबाट संचालन हुने आयोजना संचालनका लागि उपभोक्ता समितिमा महिलाहरु मात्र संगठित भएर लागेपछि उनीहरुको सक्रियाता उदाहरणीय बनेको छ । 

थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको शंखमूल त्रिवेणी नारदतीर्थ दिव्यधाम निर्माण समितिमा सबै सातै जना महिलाहरु मात्र छन् । वडा नम्बर २ का वडा अध्यक्ष गुप्त कार्की र ३ का अध्यक्ष राजेश केसीको विशेष उपस्थितीमा ७ फागुनमा भएको भेलाले महिलाहरु मात्र समितिका चयन भएको हो । 

अध्यक्ष: मीरा कुमारी भट्ट

निर्माण समितिमा अध्यक्ष मीरा कुमारी भट्ट चयन भएकी छिन् । त्यसैगरी उपाध्यक्षमा शान्त कुमारी रिमाल, सचिव उर्मिला भट्ट, सहसचिव रीता कार्की, कोषाध्यक्ष लक्ष्मी ढकाल, सहकोषाध्यक्ष दुर्गा ढकाल र सदस्य पम्फा लामा चयन भएकी छिन् ।

समिति गठनका लागि भएको भेलामा नगरपालिकाको तर्फबाट ३ नम्बर वडा सचिव पाल्साङ लामा र इन्जिनियर सन्तोष बोहराको पनि उपस्थिती रहेको थियो । 

महिला मात्र भएको यो नगरकै पहिलो र एक मात्र उपभोक्ता समिति हो । शंखमूल त्रिवेणी नारदतीर्थ दिव्यधाम निर्माणका लागि थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा ४० लाख रुपियाँ विनियोजन गरेको छ । अघिल्लो वर्षदेखि निर्माण थालिएको दिव्यधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित रहेको छ । 

शंखमूल त्रिवेणी नारदतीर्थ दिव्यधाम निर्माणको अनुगमन समितिमा संयोजक ३ नम्बर वडा सदस्य इन्द्रजंग खड्का चयन भएका छन् । सदस्यहरुमा टंक बहादुर कार्की, हरिकृष्ण कार्की, नवराज विष्ट, सूर्य बहादुर थापा र कृष्ण बहादुर अधिकारी चयन भएका छन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०