nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा निःशुल्क बीमा शुरु, ३०० कडा रोगी तथा बिपन्नहरुको निःशुल्क बीमा गरिने

Swasthya-Bima-1635149759.jpg

थाहा नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट निःशुल्क स्वास्थ्य बीमा शुरु गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट सरकारले सूचीकृत गरेका ८ वटा कडा रोगहरु जस्तै क्यान्सर, मुटु, मृगौला, अल्जाइमर आदिका बिरामीहरुलाई लक्षित गरी निशुल्क स्वास्थ्य बीमा शुरु गरेको हो । 

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले नगर कार्यपालिकामा आयोजित एक कार्यक्रममा स्वास्थ्य बिमा कार्ड वितरण गरेर यस वर्षको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेका हुन् । थाहा नगरले चालु आर्थिक वर्षका लागि नगरभरिका ३०० जनालाई निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य राखेको छ । 

यसअघि गतवर्ष पनि थाहानगरका ३०० जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । 

स्वास्थ्य बीमाको लागि प्रत्येक वडाबाट प्राथमिकताको आधारमा २५ जनाको नाम सिफारिश गर्न वडा कार्यालयहरुलाई पत्रचार गरिएको नगर प्रमुख विष्टले जानकारी दिए । 

निःशुल्क स्वास्थ्य बीमाका लागि गत आर्थिक वर्षमा थाहा नगरपालिकाले रु ११ लाख खर्च गरेको थियो भने चालु आर्थिक वर्षका लागि पनि रु. ११ लाख बजेट पारित गरिसकेको छ । गत वर्ष विपन्न वर्गलाई लक्षित गरिएकोमा यस वर्ष विपन्नका साथै कडा रोगका बिरामीहरुलाई लक्षित गरिएको नगरपालिकाले जनाएको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)