Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा तीनहजार दुईसय ५४ जना स्वरोजगार 

मकवानपुर जिल्लामा विभिन्न प्रतिष्ठानमा ४७ हजार नागरि स्वरोजगार बनेको तथ्याङ्क सार्वजनिक भएको छ । 

तथ्यांक कार्यलय मकवानपुरले सार्वजनिक गरेको आर्थिक गणना २०७५ को तथ्यांकमा मकवानपुरका ४६ हजार पाँचसय ८२ नागरिक स्वरोजगार बनेको पाइएको हो । एउटै स्वामित्वमा निश्चित स्थानमा आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानको संख्या जिल्लाका १६ हजार ४१ पुगेको छ । तीनै प्रतिष्ठानबाट ४६ हजारभन्दा धेरै नागरिक स्वरोजगार भएको कार्यालयले जनाएको छ । जसमा २९ हजार १४ जना पुरुष र १७ हजार पाँचसय ५९ महिला रहेका छन् ।

तथ्याङ्क अनुसार थाहा नगरपालिकामा एकहजार तीनसय ४७ प्रतिष्ठानमा एकहजार नौसय ७४ पुरुष र एकहजार दुईसय तीस महिला गरि तीनहजार दुईसय ५४ जना स्वरोजगार भएका छन् । हेटौंडा उपमहानगरपालिकाको नौहजार दुईसय नौ वटा प्रतिष्ठानमा २० हजार चारसय ७३ पुरुष र ११ हजार एकसय १५ महिला गरि ३१ हजार पाँसय ६ जनाले रोजगारी पाएका छन् ।

त्यस्तैगरि, एकहजार तीनसय ७ वटा प्रतिष्ठान भएको मनहरी गाँउपालिकामा एकहजार पाँचसय ८९ पुरुष र एकहजार तीनसय ७९ महिला गरि दुईहजार नौसय ६३ , चारसय ६६ प्रतिष्ठान भएको ईन्द्रसरोवर गाँउपालिकामा ६ सय १६ पुरुष र ४ सय ५५ महिला गरि एकहजार ६६ जना र नौसय २९ वटा प्रतिष्ठान भएको बकैया गाँउपालिकामा एकहजार ६७ पुरुष र आठसय ३६ महिला गरि एकहजार नौसय ३ जना स्वरोजगार भएका छन् ।

त्यस्तैगरि बागमती गाँउपालिकाको सातसय २० प्रतष्ठानमा सातसय ४१ पुरुष र पाँचसय ५२ महिला गरि एकहजार तीनसय ३३ जना , सातसय २१ वटा प्रतिष्ठान भएको मकवानपुरगढी गाँउपालिकामा आठसय ७ पुरुष र पाँचसय ७८ महिला गरि एकहजार चारसय ५६ जना , भीमफेदी गाँउपालिकाको ६ सय ६ प्रतिष्ठानमा सातसय दुई पुरुष र सातसय १७ महिला गरि एकहजार चारसय १९ , चारसय एक प्रतिष्ठान भएको राक्सिराङ् गाँउपालिकामा चारसय ८६ पुरुष र दुईसय ५४ महिला गरि सातसय ४० र तीनसय ३५ प्रतिष्ठान भएको कैलाश गाँउपालिकामा चार सय ९१ पुरुष र तीनसय ६४ महिला गरि आठसय ५५ जना स्वरोजगार भएका छन् ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०