Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा तीनवर्षे इन्द्रायणी जात्रा शुरु (फोटो फिचर)

मकवानपुरको पालुङमा मध्यकालदेखि नै प्रचलनमा रहेको ३ वर्षे इन्द्राायणी जात्रा २६ मंसिरबाट शुरु भएको छ । मंसिर शुक्ल पूर्णिमा अर्थात् यही मंसिर २६ गतेबाट थाहा नगरपालिकाको इन्द्रायणी चौरमा हुने ३ दिने जात्रा शुरु भएको हो । 

जात्राकोल शुरु दिन २६ मंसिरमा ५ वटा रथ नचाइएको छ । पालुङ शहरबाट इन्द्रायणी, कुमारी, काला भैरब, गणेश तथा गोपाली गाउँबाट सेति गणेशको रथ नचाइएको हो । २६ मंसिर अपरान्ह दुबै गाउँबाट लगिएको रथ चौरमा नचाएर मन्दिरमै राखिएको छ । २७ मंसिर दिनभर पुजा गरेपछि २८ मंसिरमा पुनः रथ फर्काउने कार्यक्रम रहेको श्यामभक्त श्रेष्ठले जानकारी दिए । 

इन्द्रायणी भगवति कालाभैरव गुठी संरक्षण समितिको व्यवस्थापनमा हुँदै आएको इन्द्रायणी जात्राको अवसरमा पहिलो दिन इन्द्रायणी माइको थानमा रथ लैजाने, दोस्रो दिन मुख्य पूजा र तेस्रो दिन रथ फर्काउने चलन रहेको छ । मेला अवधिमा थाहा नगरपालिका–२ का देउला समुदाय र नेवार समुदायले दिनरात नै पुजा गर्ने गर्दछन् ।

इन्द्रायणी माइ थानमा राती पञ्चबली सहित तान्त्रिक विधिबाट पुजा हुने गर्दछ । जात्रामा पाटनबाट आएका तान्त्रिक कर्माचार्यहरुले विशेष पूजाआजा गर्ने गर्दछन् ।

फोटो फिचर:

 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।