Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा गुणस्तरीय शिक्षाका लागि विषयगत पुर्नताजकी

मकवानपुर थाहा नगरपालिका शिक्षा शाखाको आयोजनामा जनकल्याण माविमा शिक्षकहरुका लागि तीनदिने पुर्नताजकी तालीम शुरु भएको छ । माध्यमिक विद्यालयका विषयगत शिक्षकहरुका लागि दिइएको पुर्नताजकी तालिम १८ माघमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले उद्घाटन गरेका हुन् । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरीले थाहा नगरपालिकाले शिक्षा ऐन निर्माण गरी कार्यान्वयन गरिरहेको सन्दर्भमा विद्यालयको शैक्षिक गुणस्तरको सम्बन्धमा नगरपालिकाले सुक्ष्म ढंगले अनुगमन मूल्याङ्कन गर्ने बताए । थाहानगरले गत शैक्षिकसत्रबाट कक्षा ८ को परीक्षा नगरस्तरीय संचालन गरेको स्मरण गराउँदै पहिलो पटक भएकोले त्यस परीक्षाको नतिजालाई शुरुवात्को रुपमा लिएको र यस शैक्षिक सत्रको नतिजालाई नगरले दण्ड र पुरस्कारसंग जोडिएको बताए । अघिल्लो वर्षहरुको नतिजामा कम दरबन्दी भएको स्कूलमा राम्रो नतिजा र बढि दरबन्दी भएको ठाउँमा नतिजा बिग्रनु राम्रो नभएको बताउँदै अब दरबन्दी र नतिजाको तारतम्य हुनु पर्ने उल्लेख गरे । उनले हरेक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध हुनुपर्ने बताए । 

कार्यक्रममा जनकल्याण उच्च माविका प्राचार्य सानोभाइ कार्कीले विद्यालयहरुका गुणस्तरीय शिक्षा प्रदान गर्न बजेटले मात्र नरोक्ने बताउँदै सबैको सिकाइ र प्रतिवद्धतालाई व्यवहारतः लागू गरे नतिजा राम्रो हुने बताए । थााह नगरपालिका शिक्षा शाखा प्रमुख लक्ष्मण दाहालले संचालन गरेको कार्यक्रममा थाहा नगरपालिका अन्तर्गतमा माध्यमिक विद्यालयका विषय शिक्षकहरुको सहभागिता रहेको थियो । 




https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०