nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा आलु खन्ने चटारो (हेर्नुहोस् फोटो फिचर)

मकवानपुरको नगरपालिकाका बासिन्दालाई अहिले आलु खन्न भ्याइनभ्याइ छ । माघमा रोपेको आलु वैशाख महिनाको अन्तिमदेखि खन्न थालिएकोमा आलु खन्ने काम सातादेखि खन्ने काम सुरु हुन्छ ।

यो वर्ष पानी धेरै परेकोले नियमित आलु खन्न सकिएको छैन । लकडाउनको कारणले आलुको बिक्री गर्न पहिले जस्तो सजिलो छैन । कृषिकहरुका अनुसार दकडाउनका कारण अपेक्षा अनुसारको भाउ छैन । ‘आलुको उत्पादन रामै छ,’ स्थानीय कृषक सुदर्शन विष्टले भने, ‘पहिले जसरी बाहिरबाट व्यापारी आलु किन्न आएका छैनन, थोरै मात्र बिक्री भइरेको छ ।’

यहाँ उत्पादित बेमौसमी आलु वीरगन्ज, काठमाण्डौ, हेटौडा, चितवन, कलैया, पोखरालगायतका सहरमा जाने गरेको छ । विगतका वर्षहरुमा भारतबाट समेत व्यापारीहरु आएर आलु खरिद गरेर लैजाने गरेका थिए । थाहा नगरपालिकाका कृषि शाखाका अनुसार वर्षेनी नगरबाट करिब एक अर्ब रुपैयाँको आलु निर्यात हुने गर्छ । थाहानगरका कृषकहरुले कार्डिनल, डेजुरे, खुमल रातो, जनकदेव र कुफ्रे ज्योति जातका आलु लगाउने गर्छन । 

हेर्नुहोस् फोटो फिचर:



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।