nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा अटो नियमकको आलटाल, यात्रु ठगिएको ठगियै

वर्षदिन हुन २ महिना मात्र बाँकी छ । के भयो प्रगति ? हातमा लाख्यो शुन्य । वि.सं. २०७४ साल माघ ९ गते विकासखबर डटकममा ‘यस्तो छ थाहानगरमा अटोको दादागिरी, भाडामा मनपरी’ शीर्षकमा समाचार लेख्यौं । नगर प्रमुख लवशेर विष्टले एक सताभित्रै सबै व्यवस्थापन हुने प्रतिवद्धता व्यक्त गरे । व्यवशायीसंग छलफल गरेर नागरिकलाई सुविधा दिने घोषणा गरे । छलफल त भयो होला तर नागरिकले के पाए ? यो विषयमा बोलिदिने को ? नेपालको संविधान अनुसार गाउँगाउँमा सिहदरबार आयो अर्थात स्थानीय सरकार स्थापित भए, जनप्रतिनीधि चुनिए यद्यपी नागरिकको प्रत्यक्ष सरोकार राख्ने सवालमा सँधै किन चुप हुन्छन् नियमन निकाय ? आम नागरिकको प्रश्न बनेको छ । 

थाहानगरमा संचालन हुने अटो । फाइल फोटो/विकासखबर

एक महिनासम्म स्थानीय सरकारको पहललाई हेर्यौ त्यसको लगतै वि.सं. २०७४ साल फागुन १७ गते पुनः हामीले अटोको विषयमा लेखिएको समाचारको फलोअप गर्यौ र लेख्यौ, ‘थाहानगरमा अटोको दादागिरी कायमै, क्षमता भन्दा बढि यात्रु बोक्न थालेशीर्षकको समाचार र फोटो छाप्यौं । हामीले थाहा नगरपालिका क्षेत्रमा संचालनमा रहेका अटोहरुले मनलाग्दी भाडा असुली रहेको खबर आइरहेको सन्दर्भमा थप अर्को जोखिम बढेको सवाल उठायौं । अटो चालकहरुले सावरीको क्षमताभन्दा बढि ८ जनासम्म यात्रु बोकेको पाइएको सवाल उठायौं न ट्राफिक प्रहरीले यो कुरालाई नियन्त्रणमा पहल गरेको देखियो न नियमन गर्ने निकायको निगरानी देखियो । 

ठाउँ नै तोकेर पालुङ प्रहरी चौकी पुगेपछि यात्रु ठीक्क बोक्ने र पुल पारी पुगेर खँचाखँच बनाइने गरेको समेत लेख्यौं, त्यसमा पनि खासै निगरानी पाइएन । यसो हुनुकोे कारण के हो ? समग्र प्रश्न उब्जीएको छ । पछिल्लो समय अटो दुर्घटना समेत हुन थालेको छ । सवारी चालक अनुमति पत्र, ब्लुबुक लगायतको चेक जाँच गरी वैधानिक रुपमा सवारी चल्नू पर्छ त्यो कानूनी दायरा नै हो । यस विषयमा पनि नियमक निकायको निगरानी प्रायः शुन्य छ ।

यसै क्रममा विकासखबर डटकमका डेस्क सम्पदकले नै ११ मंसिरमा नियमित भन्दा १० रुपियाँ बढि भाडा तिर्न बाध्य भए । थाहानगरको शिखरकोटबाट थाना बजारसम्म पुग्दा नियमित २० रुपियाँ तिर्दै आएकोमा ३० रुपियाँ नदिइ नहुने चालकले जिद्दी गरेपछि सम्पादकले भाडा तिरे । प्रश्न उठ्छ दिएपछि लिन्छ नि । थोरै रुपियाँमा गलफती गर्नु भन्दा त सामान्यतः यात्रुले भाडा तिर्छन् । अहिले अटो चालकहरुले मनलाग्दी भाडा लिने र यो दर नगरपालिकाले तोकिदएको भन्ने समेत गरेकाछन् । यसतर्फ नियमन निकाय नतमस्तक बन्नु हुन्न ।

र, यो पनि पढ्नुस्ः

थाहानगरमा अटोको दादागिरी कायमै, क्षमता भन्दा बढि यात्रु बोक्न थाले
यस्तो छ थाहानगरमा अटोको दादागिरी, भाडामा मनपरी

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)